५ वैशाख २०८१ बुधबार
राजनीति

धनकुटा बन्यो एमाले किल्ला, सबै तहमा कब्जा

धनकुटा- नेकपा एमालेले धनकुटा जिल्लालाई लालकिल्ला बाएको छ। ७ वटै स्थानीय तह जितेर कांग्रेस राप्रपा र संघियसमाजबादी फोरम गठ्बन्धनलाई पराजित गर्दै लाल किल्ला बनाएको हो। एमालेले मेयर उपमेयर सहित ४२ वटा वडाध्यक्ष समेत जितेको छ। यो जित संगै धनकुटा जिल्ला सभा समेत एमालेको बन्ने भएको छ।

मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नेकपा एमालेका चिन्तन तामाङ ४ हजार ९३३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिनेस राईले ४ हजार ८१९ मत प्राप्त गरे। उपमेयरमा एमालेकी सकुन्तला बस्नेतले ५ हजार ११२ मत प्राप्त गरी विजयी भएकी छिन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी रेणु श्रेष्ठले ३ हजार ३९२ मत प्राप्त गरीन।

पाख्रीबास नगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र सवै सदस्यहरुमा एमालेका उम्मेदुवार विजय भएका छन्। एमालेका विर्खबहादुर राईले ४ हजार ४३९ मत प्राप्त गरि मेयरमा विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी ईन्दिरा थापाले एक हजार ६२८ मत मात्रै प्राप्त गरेकी छिन्।

यसैगरी उपामेयरमा नेकपा एमालेकी   देवकला पौडेल(तिम्सिना)ले ४ हजार ४२६ मत प्राप्त गरी विजयी भएकी छिन्। उनका निकटत प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर गुरुङले एक हजार ८३३ मत प्राप्त गरेका छन्।

महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका पर्शुराम नेपालले ४ हजार ८९७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका अग्नी पौडेलले ३ हजार १७६ मत प्राप्त गरे। उपमेयरमा एमालेकै मन्जु अधिकारीले ४ हजार ५२४ प्राप्त गरी विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी राप्रपाका महेन्द्र निरौलाले २ हजार १५६ मत प्राप्त गरे। यो नगरमा राप्रपा र कंाग्रेसको तालमेल थियो। 

छथर जोरपाटी गाउँपालिमामा एमालेका शेरबहादुर लिम्बुले ३ हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी माओबादी केन्द्रका विष्णु पारघरीले १ हजार ५३१ मत प्राप्त गरे। उपाध्यक्षमा पनि एमालेकी भीमकला श्रेष्ठले ३ हजार २८९ मत प्राप्त गरी विजय भएकी छिन्।

उनका निकटम प्रतिद्वन्द्वी  माओबादी केन्द्रकी गीता लिम्बु खेवाले २ हजार ७३ मत प्राप्त गरिन ।

खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकामा एमालेका उमनोज राईले ४ हजार ५४ मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५७९ मत प्राप्त गरेका छन्।

यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकी  रत्नश्वरी राईले ३ हजार ९१६ मत  प्राप्त गरी विजयी भएका छन्। उनका निकटत प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामकुमारी राई १ सय ५३४ मत प्राप्त गरिन ।

   चौविसे गाउँपालिकामा एमालेका खजिन्द्र राईले ३ हजार ७८२ मत प्राप्त गरि अध्यक्ष विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाल िकांग्रेसका हर्क चेम्जोङले ३ हजार २७९ मत प्राप्त गरेका छन्।

यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकी  यज्ञकुमारी रुचालले ३ हजार ६९६ मत  प्राप्त गरी विजयी भएकी छिन्। उनका निकटत प्रतिद्वन्द्वी संघिय समाजबादी  फोरमका उपेन्द्र लावतीले २ हजार ६९९ मत प्राप्त गरिन । यो गाउँपालिकामा कांग्रेस र संघिय समाजबादीको तालमेल थियो। 

प्रकाशित: १८ असार २०७४ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App