coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अर्जेन्टिनाको उपाधिको खडेरी तोड्न चहान्छन् मेसी

रोयटर्स–अमेरिकामा जारी कोपा अमेरिकाको समुह चरणमा अपराजित रहदै उत्कृष्ट प्रर्दशन गरेको अर्जेन्टिानाका स्टार लियोनेल मेसीले आफ्नो अझै बलियो रुपमा प्रस्तुत हुने बताएका छन्।
प्रतियोगिता अन्तर्गत  चिली विरुद्धको पहिलो खेलमा ढाडमा समस्यामा भएपछि नखेलेका मेसीले समुह चरणको दोस्रो खेलमा पानामालाई ५–० गोल अन्तरले पराजित गर्दा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेका गरेका थिए। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका उनले २० मिनेट भित्रमा ह्याट्रिक पूरा गरेका थिए ।साथै उनले समुहको अन्तिम खेलमा बोलेभियालाई ३० ले पराजित गरेको खेलमा पनि उत्कृष्ट प्रर्दशन गरेका थिए।


गत वर्ष चिलिसँग फाइनलमा पेनाल्टी सुटआउटमा ४१ ले पराजित हुँदै उपविजेतामा सीमित भएको अर्जेन्टिनालाई यो वर्ष उपाधी जित्दै उपाधिको खडेरी तोड्ने राम्रो अवसर रहेको छ । उसले  सन् १९९३ मा पछिल्लो पटक कोपा अमेरिकाको उपाधी जितेको थियो।
ओएलइसँग कुरा गर्दै मेसीले जति प्रेसर भयो आफ्नो टोलीले त्यति नै राम्रो पदर्शन गर्ने बताए। साथै उनले आफ्नो टोलीले जति अघि बढ्यो त्यति राम्रो प्रदर्शन गर्ने पनि बताए । उनले आफूहरुले धेरै समय प्रशिक्षणमा बिताएकाले सबै पक्षमा धेरै सुधार गर्दै गएको बताए।
गत संस्करणको कोपा अमेरिकामा चिलीसँग र विश्वकप २०१४ को फाइनलमा जर्मनीसँग पराजित भएपछि मेसीलाई क्लबबाट मात्रै राम्रो खेल्ने गरेको आरोप लाग्दै आएको छ । उनले अर्जेन्टिनाका लागि १०९ खेल खेल्दै ५३ गोल गरिसकेका छन् ।
अर्जेन्टिनाले आइतबार बिहान हुने क्वाटरफाइनलमा भेनेजुएलाको सामना गर्दै छ । मेसीले भेनेजुएलालाई कमजोर प्रतिद्वन्द्वीका रुपमा लिएर गल्ती नगर्ने बताए । उनले क्वाटरफाइनलमा प्रवेश गरेको टोलीले फाइनलमा पुग्ने क्षमता राख्ने बताउदै ब्राजिल, पाराग्वे र उरुग्वे जस्तो बलियो नभएपनि भेनेजुएला उत्कृष्ट टोली भएको बताए।

 

प्रकाशित: ४ असार २०७३ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App