८ वैशाख २०८१ शनिबार
राजनीति

टीकापुरको नतिजा फोरम बाहेकको पोल्टामा जाने संकेत

टीकापुर- माओवादी केन्द्रले लगातार तीन वटा वडामा जित हात पारेपछि टीकापुरको नतिजा फरक आउने आँकलन गर्न थालिएको छ। वडा नं. ७, ८ र ९ मा माओवादी केन्द्रले राम्रो मत पाएपछि लोकतान्त्रिक फोरमसँगको मतान्तर घटाएको छ।

तीन वटा वडाको नतिजा अघिसम्म अन्य दल भन्दा लोकतान्त्रिक फोरम करिव २ हजार मतले अघि रहेको थियो। अहिले माओवादी केन्द्र ६७४ मतले मात्रै पछि रहेको छ। लोकतान्त्रिक फोरमको ४ हजार ५१६ र माओवादी केन्द्रको ३ हजार ८४२ मत छ। त्यस्तै तेस्रो स्थानमा रहेको काँग्रेसको ३ हजार ४३७ र चौथोमा रहेको एमालेको ३ हजार ३५४ मत छ।

सर्वाधिक मत रहेको वडा नं. १ को गणना सुरु भएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी दिएका छन। यहाँ करिव ९ हजार भोट खसेको छ। जसमध्ये एक हजार आठ सय थारु समुदायको मत छ।

माओवादी केन्द्रले जितेका तीन वटामा झैं वडा नं. १ मा पनि थारु समुदायको भोट काट्ने निश्चित देखिन्छ। यसरी थारु समुदायको भोट काटिए लोकतान्त्रिक फोरमलाई उछिनेर तीन मध्ये कुनै पनि दल जित्ने अनुमान गरिएको छ।

वडा नं. १ काँग्रेसको पकड क्षेत्र हो। उसले करिव साढे ३ हजार भोटको दावी गरेको छ। माओवादी केन्द्र र एमालेले समेत ३/ हजार भोटको अपेक्षा गरेका छन। तीन वटै पार्टीले अपेक्षा गरे अनुसारको भोट प्राप्त गरे थोरै मतले कुनै पार्टी विजयी हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: १८ असार २०७४ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App