coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धनकुटामा ५ स्थानीय तहमा एमाले विजयी

धनकुटा- नेकपा एमालेका चिन्तन तामाङ धनकुटा नगरपालिकाको मेयरमा विजयी भएका छन् । उनले ४ हजार ९३३ मत प्राप्त गरी विजयी भएका हुन्। उनले कांग्रेसका उम्मेदवार दिनेस राईलाई ११४ मत अन्तरले हराउदै ५ बर्षको लागि नगरको बागडोर सम्हाल्ने अवसर पाएका हुन् । राईले ४ हजार ८१९ मत पाए । त्यसैगरी उपमेयरमा एमालेकी सकुन्तला बस्नेतले ५ हजार ११२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी रेणु श्रेष्ठले ३ हजार ३९२ मत प्राप्त गरीन ।
मेयरमा विजयी ५२ बर्षिय तामाङ २०४९ सालको स्थानीय निर्वाचनमा धनकुटा नगरपालिकाको वडाध्यक्षमा निर्वाचित भएका थिए । कम बोल्ने र शालिन ब्यक्तित्व भएका तामाङ विभिन्न सामाजिक कार्यमा सक्रिय थिए । विजय भएपछि बोल्दै मेयर तामाङले धनकुटा नगरको विकासमा कुनै कसुर बाँकी नराख्ने बताए । स्वच्छ, सुन्दर र समुन्नत धनकुटा बनाउन सवै पक्षसंग मिलेर काम गर्ने उनले बताए ।
उनी विजय भएपछि उनका निकटम प्रतिद्वन्द्वी दिनेस राई, मुख्य निर्वाचन अधिकृत किशोर घिमिरे लगायतले बधाई तथा शुभकामना दिएका थिए । जित पछि एमाले कार्यकर्ताहरुले धनकुटा बजारमा विजय जुलुस समेत निकाले छन् ।
धनकुटा नगरपालिकामा एमालेले वडा नं. १, २, ४, ७, १० मा वडाध्यक्ष सहित प्यानलै जितेको छ । कांग्रेसले वडा नं. ५ र ६ मा वडाध्यक्ष सहित प्यानलै जितेको छ । माओबादी केन्द्रले वडा नं. ८ र ९ मा वडाध्यक्ष जितेको छ । वडा नं. ३ मा नयाँशक्ति पार्टीका विकास घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् ।
नेकपा एमालेले पाख्रीबास नगरपालिमा क्लिनस्वीप गरेको छ । मेयर, उपमेयर, वडाध्यक्ष र सवै सदस्यहरुमा एमालेका उम्मेदुवार विजय भएका छन् । एमालेका विर्खबहादुर राईले ४ हजार ४३९ मत प्राप्त गरि मेयरमा विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी ईन्दिरा थापाले एक हजार ६२८ मत मात्रै प्राप्त गरेकी छिन् ।
यसैगरी उपामेयरमा नेकपा एमालेकी   देवकला पौडेल(तिम्सिना)ले ४ हजार ४२६ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटत प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर गुरुङले एक हजार ८३३ मत प्राप्त गरेका छन्।
छथर जोरपाटी गाउँपालिमामा एमालेका शेरबहादुर लिम्बुले ३ हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी माओबादी केन्द्रका विष्णु पारघरीले १ हजार ५३१ मत प्राप्त गरे । उपाध्यक्षमा पनि एमालेकी भीमकला श्रेष्ठले ३ हजार २८९ मत प्राप्त गरी विजय भएकी छिन् ।
उनका निकटम प्रतिद्वन्द्वी  माओबादी केन्द्रकी गीता लिम्बु खेवाले २ हजार ७३ मत प्राप्त गरिन  ।
खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकामा एमालेका उमनोज राईले ४ हजार ५४ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५७९ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकी  रत्नश्वरी राईले ३ हजार ९१६ मत  प्राप्त गरी विजयी भएका छन् । उनका निकटत प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामकुमारी राई १ सय ५३४ मत प्राप्त गरिन  ।
   चौविसे गाउँपालिकामा एमालेका खजिन्द्र राईले ३ हजार ७८२ मत प्राप्त गरि अध्यक्ष विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाल िकांग्रेसका हर्क चेम्जोङले ३ हजार २७९ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकी  यज्ञकुमारी रुचालले ३ हजार ६९६ मत  प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटत प्रतिद्वन्द्वी संघिय समाजबादी  फोरमका उपेन्द्र लावतीले २ हजार ६९९ मत प्राप्त गरिन  । यो गाउँपालिकामा कांग्रेस र संघिय समाजबादीको तालमेल थियो ।  
    त्यसैगरी एमालेले साँगुरीगढी गाउँपालिकार महालक्ष्मी नगरपालिकामा अग्रता लिएको छ ।

प्रकाशित: १७ असार २०७४ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App