coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

डलरमा अध्यागमन शुल्क झन्झटिलो

पोखरा- मुस्ताङ र मनाङकाअर्ध–निषेधित क्षेत्रघुम्न जाँदाविदेशीपर्यटकले प्रवेश अनुमतिशुल्कअमेरिकी डलरमै बुझाउनुपर्ने बाध्यकारी नियमले झन्झट हुने गरेको छ। अमेरिकीडलरमामात्रशुल्कतिर्नुपर्दा डलर अभावहुँदाको बखतसमस्या पर्ने गरेको पर्यटन व्यवसायीको गुनासो छ।

अध्यागमनविभागले अर्ध–निषेधित क्षेत्रमाजाने विदेशीपर्यटकसँग अमेरिकी डलरमाशुल्कलिएरमात्र घुम्न जाने अनुमति दिन्छ। त्यसले गर्दा अभावका बेलाअवैध तरिकाले डलर किन्नुपरेको व्यवसायीको भनाइ छ। आफूसँग डलर अभावहुँदाअवैध तरिकाले किनेर भएपनिपर्यटकलाई अर्ध–निषेधित क्षेत्रमा पठाउनेगरीअनुमतिलिनुपर्ने बाध्यता रहेको व्यवसायीको भनाइ छ।

'अमेरिकी डलरमामात्रभुक्तानीगर्नुपर्ने व्यवस्थाले समस्याभएको छ,' ट्रेकिङ एजेन्सिजएसोसिएसनअफ नेपाल (टान) काएकजना सदस्यले भने, 'पर्यटकसँग सधैं डलरहुँदैन। त्यो बेलाशुल्कतिर्नुपर्दा निकै समस्या छ।' ती सदस्यकाअनुसार नेपाल घुम्न आउने कतिपयविदेशीप्याकेजमा पैसा तिरेका हुन्छन्। घुम्न आउनुअघि नै तीविदेशीले व्यवसायीलाई अग्रिम रुपमा रकम पठाउँछन्। त्यो बेलाउनीहरुसँग भनेजति डलर हुँदैन। अनिअभावकाबीच डलर खोज्दै भौंतारिनुपर्ने उनले बताए।

'धेरैजसो पर्यटक अहिले गोजीमापैसा बोक्दैनन्। अधिककारोबार कार्डबाटै हुन्छ। सुरक्षाको कारणले पनिउनीहरुले अग्रिमरुपमारकमतिरेर आउँछन्। उनीहरुको प्रवेश अनुमतिलिन डलरमै शुल्कतिर्नुपर्ने बाध्यता रहन्छ,' उनले भने, 'त्यो समस्याव्यवसायीको जिम्मामा आउँछ। विदेशीले डलर नल्याउने हो भने यहाँअभाव भइहाल्छ। तर, अहिले विदेशीले डलर बोक्न छाडेका छन्। अमेरिकी डलरमाशुल्कतिर्नुपर्ने बाध्यताअव्यवहारिक छ।'तिर्नुपर्ने शुल्कलाई त्यो दिनको विनिमय दर बराबर नेपालीमुद्रामै तिर्न पाउने हो भने सहजहुने तीव्यवसायीको भनाइ छ।

हिमालपारिकाजिल्लामनाङमानार, फु र थोंचे गाविसको तिल्चे गाउँसहित मुस्ताङको लोमान्थाङ, चराङ, छोन्हुप, छोसेर, सुरखाङ, घमी, छुसाङ, कागवेनीको साङ्दा गाउँसहितजोमसोम गाविसको तिलिचोतालजाने बाटो अर्ध–निषेधित क्षेत्रमा पर्छन्। अन्नपूर्णको संरक्षित क्षेत्रभित्रकायीठाउँ अर्ध–निषेधित क्षेत्रको रुपमा रहेका छन्। अध्यागमनकार्यालय पोखराकाअनुसार मनाङको अर्ध–निषेधित क्षेत्रमाजाँदाविदेशीपर्यटकले डिसेम्बरदेखि अगस्टसम्म प्रतिव्यक्तिप्रतिसाता७५ र सेप्टेम्बरदेखि नोभेम्बरसम्म ९० अमेरिकी डलर शुल्कतिर्नुपर्छ। त्यस्तै मुस्ताङको अर्ध–निषेधित क्षेत्रमाजाँदा १० दिनकालागिप्रतिव्यक्ति ५ सय र थपप्रतिदिनप्रतिव्यक्ति ५० अमेरिकी डलर शुल्कतिर्नुपर्छ। सन् २०१३ मा ३३ सय ४४, २०१४ मा ४१ सय ४६ र २०१५ मा २८ सय ८६ जनाविदेशी मुस्ताङको अर्ध–निषेधित क्षेत्रमापुगेकाथिए।

मनि चेन्जर एसोसिएसनकास्कीकाअध्यक्ष भरतराज पराजुली डलरमाशुल्कतिर्नुपर्ने बाध्यताले समस्याथपेको बताउँछन्। 'यो हामीले बारम्बार उठाएको विषयहो।यसमाअहिलेसम्मकतैबाट सुनुवाइभएको छैन। डलरमै कारोबार गर्न खोज्दा समस्याभएको छ,' उनले भने, 'तुरुन्त परिमार्जन हुनुपर्छ भनेर विभिन्ननिकायमामाग गरेका छौं। तर, सुनुवाइभएन।'

पराजुलीकाअनुसार विदेशीपर्यटकले सुरक्षाकै कारण अहिले डलर बोकेर हिँड्दैनन्। उनीहरु कार्डबाट कारोबार गर्छन्। तरअर्ध–निषेधित क्षेत्रमाजाँदा डलरमै शुल्कतिर्नुपर्दा ट्रेकिङ कम्पनीले अवैध तरिकाले किन्नुपर्ने बाध्यता रहेको उनले बताए। 'बैंकले पनि सहजै डलर दिँदैन। अनिखरिद गर्नुपर्दा अवैध बाटो अपनाउनुको विकल्प छैन। डलर अभावमै अनुमतिनपाउँदाकतिपयपर्यटक माथिजाननपाउने अवस्थासमेत हुनसक्छ,' उनलेभने, 'बाहिरबाट झट्ट हेर्दा यो ठूलो समस्यानभएपनियसको असर अधिकछ।'

एकैपटक ठूलो समयमाविदेशीपर्यटकलाई अर्ध–निषेधित क्षेत्रमा पठाउनुपर्दा डलर अभावहुने गरेको उनले बताए। 'विदेशीले बोकेर ल्याएभनेमात्र डलर भित्रिने हो। अहिलेकापर्यटक गोजिमा डलर बोक्दैनन, उनीहरु खातामै हालेर आउँछन्,' उनले भने, 'त्यो बेला डलरको अभाव हुन्छ।' डलरमै कारोबार गर्नुपर्दा विदेशीमुद्राको अवैध करोबार बढाउन सक्ने उनले बताए।

अध्यागमनकार्यालय पोखराकाप्रमुख रामचन्द्र अधिकारी डलरमै शुल्कतिर्नुपर्ने बाध्यकारी नियमअहिले अव्यवहारिक रहेको बताउँछन्। उनकाअनुसार अध्यागमननियमावली२०५१ले अर्ध–निषेधित क्षेत्रमाजाने पर्यटकले अनिवार्य रुपमा अमेरिकी डलरमाशुल्कतिर्नुपर्ने बाध्यकारी बनाएको छ। 'हामीले नै चाहेर यो परिवर्तन हुन सक्दैन। केन्द्रमै यसको पहल हुनुपर्छ। अहिलेको जमानामा नेपालीमुद्रामै त्यो शुल्कतिर्ने व्यवस्थागर्न सके सहज हुन्छ,' अधिकारीले भने, 'केन्द्रले परिवर्तन गर्ने हो भने सहज हुन्छ।'व्यवसायीले पर्यटकको अनुमतिलिँदातिरेको डलरको नोटको विवरण समेत राख्नुपर्दा झनै झन्झट रहेको अधिकारीले बताए।

नेपाल राष्ट्र बैंक पोखराकानिर्देशकचिरञ्जीवीचापागाईंले पनिअध्यागमनको बाध्यकारी नियमले बजारमा डलर किनेर बुझाउनुपर्ने समस्याभएको बताउँछन्। 'अमेरिकी डलर जो पायो उसले कारोबार गर्नपाउँदैन। डलर कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ,' उनले भने, 'तर, यहाँअध्यागमनको बाध्यतापछि बाहिर किनबेच गर्नुपर्ने समस्यामाव्यवसायी छन्। डलरलाई नेपालीमुद्रामै साटेर बुझाउनसक्ने वातावरण बनाउने हो भने सहज हुन्छ।'

उनकाअनुसार पोखरामा डलरमाकारोबार गर्न बैंक तथावित्तीय संस्थाले अनुमतिलिएका छन्। तीबाहेक ५५ वटा मनी चेन्जर, २३ होटल, ४० ट्राभल एजेन्सी र २३ वटा ट्रेकिङ एजेन्सी र ५ वटा प्याराग्लाइडिङ तथा अल्ट्रालाइटसँग सम्बन्धितकम्पनीछन्। 'पर्यटन व्यवसायीले समेत यो विषयमाहामीलाई बारम्बार भनेका छन्। हामीले राष्ट्र बैंकको विदेशीविनिमयव्यवस्थापनविभागमा यो समस्याजानकारी दिएका छौं,' उनले भने, 'राष्ट्रबैंक र अध्यागमनमिलेर यसलाई सल्टाउन सक्छन्।' जथाभावी डलरमाकारोबार गर्दा विदेशीमुद्राको गलतकारोबार हुनसक्ने उनले बताए।

प्रकाशित: ७ श्रावण २०७३ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App