८ वैशाख २०८१ शनिबार
राजनीति

सुनवल नगरपालिकामा नेपाली काँग्रेस विजयी

नवलपरासी –  नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका भिमबहादुर थापा क्षेत्री (भरत) नगरपालिका प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा भने एमालेका दधिराम अर्याल विजयी भएका छन् । प्रमुखमा निर्वाचित कांग्रेसका थापाले ८ हजार ६ सय ५९ मत ल्याएका छन्। 

थापाका निकटतम प्रतिद्वन्द्वी एमालेकी विमला अर्यालले ७ हजार ९७३ मत ल्याएकी छन् । उपप्रमुखमा एमालेका अर्यालले ८ हजार ४७५ मत प्राप्त गरेका छन् भने  उनका प्रतिद्वन्दी  काँग्रेसकी तारा भण्डारीले ७ हजार ६ सय २८ मत प्राप्त गरेकी छिन्। 

त्यसैगरी नेकपा माओवादीका केन्द्रका डोलाराज भण्डारीले २ हजार ४ सय ७ र उपप्रमुख पदको उम्मेदवार प्रतिमा कार्कीले २ हजार ४ सय ६६ मत ल्याएकी छिन् । १३ वडा रहेको सुनवल नगरपालिकामा तीन वडा नेपाली कांग्रेसले जितेको छ भने १० वडामा नेकपा एमाले जितेको छ ।

यस संगै नवलपरासीमा सातवटा स्थानीय तहमध्ये नेपाली काँग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा एमाले १ स्थानमा विजयी भएको छ ।

 

प्रकाशित: १७ असार २०७४ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App