coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बुद्ध जयन्तीलाई बनाऔँ अन्तर्राष्ट्रिय ध्यान दिवस

फाइल फोटो

२१ जुनलाई हामी अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउँछौँ । एक समय थियो, योग योगीहरूले मात्र गर्ने कुरा हो । क्रमशः त्यो बुझाइ फराकिलो बन्दै गयो । 

योगको मूल उद्देश्य आध्यात्मिक हो तर गत शताब्दीदेखि कतिपय मानिसका लागि योग त्यस्तो जीवनशैली बन्यो, जसले भौतिक सुख दिन्छ । मानिसले तनाव, विषाद तथा अनेक शारीरिक रोगको उपचार र स्वस्थ जीवनशैलीका लागि योगाभ्यास गर्न थाले । 

बुद्धको जन्म, संबोधि र महापरिनिर्वाण सबै एकै दिन परेको त्रियोग महोत्सव बुद्ध जयन्तीलाई विश्व ध्यान दिवसका रुपमा मनाऔं । संयुक्त राष्ट्र संघमा मान्यता नपाउन्जेल पनि नेपालले ध्यान दिवस मनाउन सुरु गर्नुपर्छ । ओशो तपोवनले विश्वभरका दुई सय शाखामा आगामी वर्षदेखि अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने निर्णय गरेको छ । 

पतञ्जलीले भनेको आष्टांगिक योगको एक अनुशासन, जसलाई आसन भनिन्छ, त्यसलाई मात्र योग भनेर साधारणतः बुझेको पाइन्छ । यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी आठ तहमा बा“डिएको समाधिसम्म पुग्ने यो मार्गमा आसन उच्च आध्यात्मिक अनुभूतिका लागि शरीरलाई तयार गर्ने विधि हो । 

ध्यान र समाधि सबै मानिसको लक्ष्य पनि हु“दैन । तर, राम्रो स्वस्थ, निरोगी काया त राजनीतिज्ञ, व्यापारी, कलाकार, शिक्षक, विद्यार्थीदेखि अपराधीसम्म सबैलाई चाहिन्छ । विगत शताब्दीमा यो प्रमाणित भयो, योग र प्रणायामले शरीरलाई स्वस्थ र निरोगी राख्छ । चित्तमा बादलझैँ उडिरहने विचारलाई शान्त पारी परमात्मास“ग एकाकार हुन सिकाउने विज्ञान नै योग हो । पतञ्जलीले दोस्रो सूत्रमै भनेका छन्, ‘चित्तवृत्ति निरोधः इति योगः ।’ 

विचारका बादलले गर्दा नै हामी आफ्नो अन्तरचित्तको शुभ्र आकाश देख्न सक्दैनौँ । त्यी विचार थोरै समयका लागि शान्त भए भने त्यसलाई पतञ्जलीले सविकल्प समाधि भनेका छन् । वासनाबाट मुक्त, विचारशून्य बोधको स्थितिलाई निर्विकल्प या निर्वीज समाधि भनेका छन् । योगको अन्तिम लक्ष्य समाधि या मुक्ति नै हो । तर समाधिमा धेरै व्यक्तिको समझ, पहु“च र इच्छा हु“दैन । चिन्ता, तनावबाट मुक्तिका लागि, राम्रो निद्राका लागि, मुटुरोग, उच्च रक्तचाप, मधुमेह तथा अनेक स्नायुस“ग सम्बन्धित रोग रोकथामका लागि योगाभ्यास उत्तम हुनेमा आधुनिक चिकित्साले पनि मान्यता दिएको छ । एक अनुमानअनुसार अमेरिकामा मात्र १५ प्रतिशत व्यक्ति कुनै न कुनै प्रकारका नियमित योगाभ्यास गर्छन् । सन् २०२५ सम्म यो संख्या दोब्बर हुने अनुमान छ । 

योगको उत्पत्ति हिमाली क्षेत्रमा भएको मानिन्छ । यसलाई वैज्ञानिक रूप दिने व्यक्ति शिव हुन् भन्ने मान्यता छ । शिव हिमाली क्षेत्रमा बस्थे र उनका पहिला शिष्य सप्तऋषि थिए । सातै ऋषिलाई उनले योग र ध्यानको प्रचार गराउन सबै दिशामा पठाए । त्यसमध्ये अगस्त ऋषि रुस र दक्षिण अमेरिकासम्म पुगेर योगको प्रचार गरेको भनिन्छ । यो समय करिब १२ देखि १५ हजार वर्षअघिको हो भन्ने आकलन छ । योगलाई व्यवस्थित तथा वैज्ञानिक रुप दिने ऋषि भने हिमाली क्षेत्र कस्मिरमा जन्मेका पतञ्जली हुन् । रूपान्तरणको गहन विज्ञान बोकेको योगको प्रयोग गर्दै क्रमै रुपले साधकले आफूलाई तयारी गर्दै समाधिसम्म पुग्न सक्ने एक सुव्यवस्थित साधनाको मार्ग चित्र पतञ्जलीले प्रस्तुत गरे । पछि स्वात्मारामले हठयोग प्रदीपिका नाम पुस्तकमा आसनहरूको व्याख्या लेखे । त्यसपछि गोरखनाथले आफ्नै ढंगले योग र तन्त्रका विधिहरू दिए, उनको आफ्नै नाथ सम्प्रदाय स्थापित भयो । पश्चिमी गोलाद्र्धमा भने विभिन्न योग स्कुलको परिचय दिने पहिलो व्यक्ति स्वामी विवेकानन्द हुन्, त्यसपछि परमहंस योगानन्दको योगदान पनि ठूलो छ । महेशयोगीले ट्रान्सेनडेन्टल मेडिटेसनलाई फैलाए । वर्तमान समयमा आएर ओशोले ध्यानलाई त्यत्तिकै विश्वव्यापी बनाए । 
 
आधुनिक युगमा योगलाई टिभीको माध्यमबाट आसन र प्रणायामको अभ्यासलाई घरघरमा पुर्‍याउने ठूलो कार्य भने स्वामी रामदेव र आचार्य बालकृष्णले गरेका हुन् । तर योगलाई विश्वभरिका देशमा राज्यस्तरमा मान्यता दिलाउने ठूलो फड्को मार्ने कार्य भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरे । सन् २०१५ मा उनले संयुक्त राष्ट्र संघको साधारणसभामा २१ जुनलाई विश्व योग दिवस मनाउने प्रस्ताव राख्दा एक सय ७५ देशले तुरुन्तै समर्थन गरेका थिए । योगका लागि यति ठूलो समर्थन जुट्नु आफैँमा एक अनुपम घटना थियो ।

अन्तर्राष्ट्रिय योग दिवस तेस्रो वर्षमा प्रवेश गरेको छ । यो दिन न्युयोर्कको टाइम्स स्क्वायरदेखि लन्डन, पेरिस, मस्को, दुबई, ह“ुदै सिड्नीसम्म विश्वव्यापी रूपमा मनाइन्छ । तर केही कट्टर इस्लाम अनुयायी र इसाईहरूले हिन्दुत्वलाई प्रश्रय दिन खोजेको आरोप भने नलगाएका होइनन् । 

त्यसै परिप्रेक्ष्यमा विगत दुई वर्षदेखि मैले आफ्नै सामथ्र्यअनुसार बुद्ध पूर्णिमालाई नेपालले विश्व ध्यान दिवस मनाउने संकल्प प्रस्ताव संयुक्त राष्ट्र संघमा राख्नुपर्ने आवश्यकताको पक्षमा बोलिरहेको छु । म पश्चिमी जगत्मा योग र ध्यानको प्रचार–प्रसारका लागि निरन्तर यात्रा गरिरहेको छु । यस क्रममा मैले के देखेको छु भने योगजस्तै ध्यानलाई पनि अझ विश्वव्यापी बनाउनुपर्छ । किनभने आजको युगमा शारीरिक रोगभन्दा मानसिक रोगले अझ विकराल रूप लिइरहेको छ । डाक्टर भन्छन्, ‘८० प्रतिशत शारीरिक रोगको जरो मानिसको मनमा हुन्छ ।’ 

नेपालले संयुक्त राष्ट्र संघमा यो प्रस्ताव पेस गर्दा विश्वभरिका बौद्ध धर्म मान्ने करिब ५० करोड मानिसले तुरुन्तै समर्थन गर्नेछन् । बुद्ध धर्म मान्ने प्रमुख १४ देशलाई सह–प्रस्तावकको रूपमा ल्याउन सके समर्थन तुरुन्त जुट्छ । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका राष्ट्र जापान, कोरिया, मंगोलिया, भुटान, भियतनाम, कम्बोडिया, लाओस, थाइलेन्ड, बर्मा, श्रीलंका, चीन, ताइवान, सिंगापुर लगायत भारतले यो प्रस्तावलाई तुरुन्तै समर्थन दिनेछन् । नेपालले यी देशस“ग सहयोग मागे यी राष्ट्रलाई सहप्रस्तावक राखी यो प्रस्ताव पारित गर्न सकिन्छ ।  

योगले सबै किसिमका मानिसलाई स्वस्थ जीवनशैली बाँच्न मद्दत पुग्र्ने कुरा प्रमाणित भएझैँ ध्यानले पनि अनेकौँ मानसिक बिरामीलाई निको पार्न मद्दत गर्छ भन्ने मनोवैज्ञानिक र मनोचिकित्सकले मानिसकेका छन् । मनलाई शान्त, सिर्जनात्मक र खुसी राख्न ध्यानले ठूलो भूमिका खेल्न सक्छ । तनावबाट बच्नका लागि डाक्टरले ध्यान गर्न सिफारिस र सल्लाह दिन थालेका छन् । २१औँ शताब्दी तनाव, डर, अनिदोपन, डिप्रेसन र अनेकौँ मनोरोगले गा“जिएको शताब्दीमा परिणत भएको छ । गत वर्ष चीनमा गरिएका आधुनिक खोजमा ध्यानले जेनेटिक रोगबाट पनि मुक्त गर्न सक्छ ।  

ध्यानको लहर विश्वव्यापी हु“दै छ । ओशोको के धारणा थियो भने मनुष्यले तनाव या मानसिक रोगबाट मुक्त हुन या त लागूपदार्थ, मद्यपान या अन्य औषधिको सहारा लिनुपर्छ या त ध्यान गर्नुपर्छ, अन्य विकल्प छैन । उहा“को एक प्रख्यात वचन छ, ‘मेडिटेसन अर मेडिकेसन ।’ त्यसैले उहा“ले सबै किसिमका मानिसलाई अनुकूल र उपयुक्त हुने ६ सय ध्यानका मुख्य विधिको सिर्जना गर्नुभयो । नृत्य, उत्सव, ध्यान, मौन, संगीत सबैलाई लिएर अनेकौँ सुन्दर ध्यानका विधि ओशोले दिनुभयो । त्यस्तै, अत्यन्त गहन थेरापी टेक्निक पनि दिनुभयो । उहा“लाई थाहा थियो, २१औँ शताब्दीको मनुष्य आफैँ अशान्त, चिन्तित मनको सिकार हुनेछ र उसलाई ध्यान अनिवार्य आश्यकता बन्दै जानेछ । 

शिव, पतञ्जली, बुद्ध, गोरख र ओशोले ध्यानका मौलिक विधि दिएका छन् । ओशोको नव–सन्न्यासको आधार नै ध्यान हो । सामान्यतः माथिबाट कुनै नियम नथप्ने गुरु ओशोले आफ्ना शिष्यका लागि एक घन्टा ध्यान गर्नैपर्ने अनिवार्य बनाए । ओशोका ध्यान यो जेट युग सुहाउँदो शीघ्र रूपान्तरण दिने फलदायी विधि हुन् । आज मनुष्यस“ग लामो ध्यान गर्ने समय र धैर्य दुवै छैन । उसलाई कफी मात्र होइन, ध्यान पनि इन्स्ट्यान्ट चाहिन्छ ।  रविशंकर र जग्गी वासुुदेवजस्ता गुरुका पनि आफ्नै ध्यानका विधि छन् । 
 
मानिसको रोगको मूल उसको मनमा हुन्छ । पूर्वीय योग र तन्त्रका अनुसार यो स्थुल शरीरभन्दा ६ वटा अन्य सूक्ष्म शरीर हुन्छन् । यसमध्ये दोस्रो प्राण शरीर र तेस्रो मनस् शरीर अत्यन्त महŒवपूर्ण छन् । योग र तन्त्रका अनुसार सबै समस्याको जरो मनोमय कोषमा हुन्छ । मनोमय कोषबाट प्राणमय कोष हु“दै स्थुल शरीरसम्म रोगलाई आइपुग्न ६ महिनादेखि एक वर्षसम्म लाग्छ । यी दुई शरीर स्वस्थ्य भएनन् भने जतिसुकै व्यायाम र भोजन नियन्त्रण गरे पनि स्थुल शरीर स्वस्थ्य रहन सक्दैन । त्यसैले अन्नमय कोषका लागि आसन, प्राणमय शरीरको सबलताका लागि प्रणायाम र मनोमय शरीरको स्वस्थ्यताका लागि ध्यान अनिवार्य छ । 

त्यसकारण यो विज्ञानलाई जोडदार ढंगले राष्ट्र संघमा राख्न सकियो भने विश्व योग दिवसजस्तो विश्व ध्यान दिवसले पनि मान्यता पाउन बेर लाग्दैन । यो नेपालमा जन्मेका बुद्धका लागि सबैभन्दा ठूलो सम्मान हुनेछ र यसले नेपालको एक आध्यात्मिक पहिचान र गरिमा विश्वमा बढाउने छ तर यो विषयमा नेपालले शीघ्र गरेन भने अरु कुनै अन्य बौद्ध देशले यो कार्यको श्रेय लिन सक्छ । त्यसैले मेरो नेपाल सरकारलाई करबद्ध प्रार्थना छ, यो पवित्र कार्य नेपालले शीघ्रातिशीघ्र गरेर यसको जस लिओस् । बुद्ध नेपालमा जन्मेको भनेर हल्ला मात्र गरिरहनुभन्दा बुद्धको जन्म, संबोधि र महापरिनिर्वाण सबै एकै दिन परेको त्रियोग महोत्सव बुद्ध जयन्तीलाई विश्व ध्यान दिवसको रूपमा हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा मनायौँ भने हजार शब्दले बोलेर नगरेको कार्य ध्यानमा बसेको मौनले गर्न सक्छ । संयुक्त राष्ट्र संघमा मान्यता नपाउन्जेल पनि नेपालले बुद्ध जयन्तीको दिनलाई राष्ट्रिय स्तरमा ध्यान दिवसको रूपमा मनाउन सुरु गर्नुपर्छ । ओशो तपोवनले विश्वभरि रहेका आफ्ना दुई सय शाखामा अन्तर्राष्ट्रिय ध्यान दिवस आगामी वर्षदेखि मनाउन सुरु गर्ने निर्णय गरेको छ । 

प्रकाशित: १७ असार २०७४ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App