coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धनकुटाको पाख्रीबासमा एमालेको क्लिनस्वीप

धनकुटा- नेकपा एमालेले पाख्रीबास नगरपालिमा क्लिनस्वीप गरेको छ। मेयर, उपमेयर, वडाध्यक्ष र सबै सदस्यहरुमा एमालेका उम्मेदवार विजय भएका छन्। एमालेका विर्खबहादुर राईले ४ हजार ४३९ मत प्राप्त गरी मेयरमा विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा थापाले एक हजार ६२८ मतमात्रै प्राप्त गरेकी छन्।

यसैगरी उपामेयरमा नेकपा एमालेकी देवकला पौडेल (तिम्सिना)ले ४ हजार ४२६ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटत प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर गुरुङले एक हजार ८३३ मत प्राप्त गरेका छन्।

मेयरमा विजयी भएका राई २०५४ सालमा एमालेबाट साविक मुगा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। २०४० देखि विद्यार्थी राजनीति सुरु गरेका राईले धनकुटा बहुमुखी क्याम्पसमा स्नातक उतीर्ण गरेका छन्। विजय पछि प्रतिक्रिया दिँदै जनताको विश्वासलाई पाख्रीबास नगरको विकास र उन्नती मा खर्च गर्ने बताए।   

प्रकाशित: १७ असार २०७४ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App