७ वैशाख २०८१ शुक्रबार
राजनीति

डोटीको पूर्वीचौकी गाउँपालिकामा एमाले विजयी

डोटी- डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ। कांग्रेसको बलियो क्षेत्र मानिएको सो गाउँपालिकामा एमाललेका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदबारहरुले जित निकालेका छन्। 

एमालेका उम्मेदवार दीर्घ वोगटीले नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायलाई झिनो मतले पछि पार्दै जीत दर्ता गराएका हुन्। बोगटीले तीन हजार ६ सय १५ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसमा उम्मेदवार उपाध्यायले तीन हजार पाँच सय ६८ मत ल्याए।

उपाध्यक्षमा पनि एमालेकै निर्मला साउद विजयी भईन्। साउद तीन हजार पाँच सय ८७ मतका साथ विजयी भएकी हुन्। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी माया कुँवर तीन हजार पाँच सय २८ मतमा रोकिइन्।

७ वडाहरुमध्ये भने नेपाली कांग्रेसले चार वटा वडाहरु जितेको छ। एमालेले ३ वटा वडाहरुमा जित निकालेको छ। १, २, ३ र ७ नम्बर वडाहरुमा कांग्रेस विजयी भएको छ। ४, ५ र ६ मा भने एमाले जितेको छ। 
 

प्रकाशित: १७ असार २०७४ ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App