coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डडेल्धुराका दुई तहमा कांग्रेसको जीत

डोटी – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको जिल्लामा कांग्रेसले खाता खोलेको छ । कांग्रेसका उम्मेदवारले अलिताल र भागेश्वर गाउँपालिकामा जित निकालेका छन् । 

टिकट बितरणका क्रममा देखिएको तिब्र बिबादका कारण जारी मतगणनामा कांग्रेसले आशातित नतिजा निकालिरहेको छैन् । यसैबिचमा यी दुई गाउँपालिकामा कांग्रेसका उम्मेदबारले जित निकालेका हुन् । 

आलिताल गाउँपालिकाको अध्यक्षमा बलबहादुर गुरुङ बिजयी भएका छन् । उनले २ हजार २ सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जगत पार्कीले २ हजार ९८ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा पनि कांग्रेसकै ज्वाला बोगटी विजयी भईन् ।  उनले २ हजार २ सय ४२ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रकै हरिना खत्रीले १ हजार ९ सय ९४ मत पाएकी छन् ।

भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट कौशिला भट्ट विजयी भईन् । उनले २ हजार ७ मत ल्याउदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णु ठकुराठीले १ हजार ८ सय ४४ मत पाए । 

उपाध्यक्षमा नेपाली कांग्रेसकै पदम बोहराले १ हजार ८ सय ४४ मत ल्याउदै बिजयी भए ।  निकटतम प्रतिद्वन्दी एमालेकी कमला मालीले १ हजार ४ सय ९५ मत पाईन् । 

यसअघि सम्पन्न मतगणनामा अमरगढी नगरपालिकामा एमाले र अजयमेरु गाउँपालिकामा माओवादी केन्द्र विजयी भैसकेका छन् । जारी मतगणनामा देउवाको गृह गाउँपालिका गन्यापधुरा र नवदूर्गामा नेपाली कांग्रेस अग्रता लिईरहेको छ ।

प्रकाशित: १६ असार २०७४ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App