coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बब्लीको प्रदर्शनीमा दीपाश्री

काठमाडौं- अघिपछि प्रायःजसो फिल्मी कार्यक्रममा सहभागी हुँदै आएकी कलाकार दीपाश्री निरौला बुधबार ठमेलस्थित एक आर्ट ग्यालरीमा झुल्किइन्। वास्तवमा सबैजना उनकै प्रतीक्षामा थिए। तर, त्यहाँ फिल्मको सुटिङ हुन लागेको भने थिएन।

भारतीय कलाकार बब्ली दासले आफ्नो पहिलो एकल चित्रकला प्रदर्शनीको उद्घाटनको जिम्मेवारी दीपाश्रीलाई दिएकी थिइन्। सोही जिम्मेवारी पूरा गर्न दीपाश्री ठमेलको मिथिला येँ आर्ट ग्यालरीमा उपस्थित भएकी थिइन््। उनले पानसमा बत्ती बालेपछि 'इलुजन' शीर्षकको पाँचदिने प्रदर्शनी औपचारिक रुपमा सुरु भएको थियो।

आउँदो भदौमा रिलिज हुन लागेको फिल्म 'छक्का पन्जा'की निर्देशक दीपाश्रीले उद्घाटनपछि भनिन्, 'बब्लीजीले महिलाका शक्ति र शालीनतालाई क्यानभासमा उतारेको पाएँ।'

नारीका विषयलाई मूल थिम बनाइएका चित्रमा बब्लीले पानी र आगोसँग नारीलाई तुलना गरेकी छन्। नारी सहनशील हुन्छन् साथै उनीहरुमा आगोको जस्तो राप र शक्ति पनि हुन्छ। उनले रङ प्रयोगमा गतिशीलता छ, विषय छनौट र प्रस्तुति निकै आकर्षक रहेको छ।

'आगो र पानी प्रकृतिको एक रुप हो। त्यस्तै नारी पनि आगो र पानी कै रुपमा हाम्रो समाजमा आफ्नो भूमिका निर्वाह गरेका हुन्छन्। मैलै मेरा चित्रमा आगो र पानीको संयोजन गरी नारीलाई शक्ति र शालिनताको रुपमा पस्केको छु,' कलाकार बब्लीले बताइन्।

बब्लीको काममा परिपक्वपन र विषयलाई गम्भीर रुपमा उठाएका कलाकृति पाएरै उनको प्रदर्शनीको आयोजना गरेका ग्यालरीका सञ्चालक श्यामसुन्दर यादवले बताए। उनले थपे, 'दुई देशका कलाकारका कला प्रदर्शनी गरेर सांस्कृतिक आदानप्रदान गर्ने लक्ष्यानुसार यो प्रदर्शनी आयोजना गरिएको हो। आगामी दिनमा नेपालका कलाकारलाई भारत तथा भारतका कलाकारलाई नेपालमा कला प्रदर्शनीका लागि ग्यालरीले काम गर्नेछ।'

बब्लीको कलामा विषय र भावको प्रस्तुतिमा निकै एक्सपे्रसिभ तथा नयाँ प्रयोग देखिने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य ज्योतिप्रकाश बिकेले बताए। 

प्रकाशित: ७ श्रावण २०७३ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App