८ वैशाख २०८१ शनिबार
राजनीति

मल्लरानी गाउँपालिकामा जनमोर्चा बिजयी

प्यूठान- स्थानीय तह निर्वाचन २०७४ को मतगणना जारी रहँदा प्यूठानमा राष्ट्रिय जनमोर्चाले पकड जमाएको छ। यो गाउँपालिकामा जनमोर्चाका तर्फबाट अध्यक्ष पदमा अमरध्वज राना र उपाध्यक्ष पदमा सरीता जिसी बिजयी भएकी छिन्।

रानाले नेकपा एमालेका इमानसिंह भारतीलाई ६ सय ४१ मत अन्तरले पराजित गर्दै २ हजार ३ सय २८ मत प्राप्त गरेका छन्। यसैगरी उपाध्यक्षमा जिसीले २ हजार ३ सय ९४ मत प्राप्त गर्दै ६ सय ८ मतले एमालेकै सरीता पोख्रेललाई पराजीत गरेका हुन्।

पाँच वटा वडा रहेको गाउँपालिकामा जनमोर्चाले ३ वटा वडामा बिजयी हुँदै आफ्नो बर्चश्व जमाएको छ। प्राप्त मत परिणाम अनुसार १ मा चिन्त बहादुर राहु, २ मा लेख बहादुर थापा र ३ नं. वडामा गिरिराज पौडेल बिजयी भएका हुन् ।

नेपाली कांग्रेस ४ नं. वडा र नेकपा एमालेले ५ नं. वडामा आफ्नो बिजयी झण्डा फहराउन सकेको हो। कांग्रेसका कुमार श्रेष्ठ र एमालेबाट राम बहादुर थापा निर्वाचित भएका छन् । जिल्लाभर गाउँपालिकाको खाता खोल्ने सुचीमा राजमो पहिलो बनेको छ।

 

प्रकाशित: १६ असार २०७४ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App