७ वैशाख २०८१ शुक्रबार
राजनीति

रुपन्देहीमा कांग्रेस-एमालेको टक्कर, बुटवलमा एमाले अगाडि

भैरहवा- रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये १५ वटामा मतगणना जारी छ। पछिल्लो मतगणना अनुसार बुटवल उपमहानगरसहितका पाँच वटा नगरपालिकमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा छ। यी दुबै पार्टी झिनो मतान्तरले अगाडि पछाडि भइरहेका छन।

बुटवलमा डेढ सयको मातान्तर भइरहेको छ भने अन्य नगरपालिकामा दुईदेखि १५/२० भोटको मात्रै मतान्तर हुने गरेको छ।

रातिसम्म कांग्रेस अगाडि रहेको बुटवल उपमहानगरमा बिहानदेखि एमालेले अग्रता लिन सुरु गरेको छ। बुटवलको पछिल्लो गणनाअनुसार एमालेका शिवराज सुवेदी १६१८ मतसहित अग्र स्थानमा छन्। नेपाली कांग्रेसका खेलराज पाण्डेले १४४०।

सिद्धार्थनगर नगरपालिकामा कांग्रेस अगाडि छ। कांग्रेसका मातृका यादवले ७५२ मत सहित पहिलो स्थानमा छन्। एमालेका हरी अधिकारीले ७२१ मत पाएका छन। राप्रपाका सागर प्रताप राणाले ७०५ पाएका छन्।

तिलोत्तमा नगरपालिकामा पनि कांग्रेस एमालेबीच कडा प्रतिस्पर्धा छ। प्रारम्भिक गणनादेखि नै यी दुई पार्टी ८/१० भोटको मतान्तरले अगाडि पछाडि भइरहेका छन्। पछिल्लो गणना अनुसार एमालेका बासुदेव घिमिरेले ९३२ मत र नेपाली कांग्रेसका रामकृष्ण खाँणले ९२१ मत पाएका छन्।

देवदह नगरपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका हिराबहादुर खत्रीले ६६४ मतका साथ अग्रता लिएका छन्। एमालेका उम्मेदवार टिकाराम चापागाइँले ५७५ मत पाएका छन्। सैनामैना नगरपालिकामा एमालेले अग्रता लिएको छ। एमालेका चित्र कार्कीले २१८० मतसहित अगाडि छन्।

कांग्रेसका फणिन्द्र शर्मा १५३७ सहित दोस्रो स्थानमा छन। लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्वतन्त्रका उम्मेदवार मनमोहन चौधरी अगाडि छन्। चौधरीले ५०८ मत पाएका छन्। उनी राजपा नेता हुन्। दोस्रोमा संघीय समाजवादी पार्टीका फकरुद्धिन मुसलमानले १८० मतसहित दोस्रोमा छन्। 

प्रकाशित: १६ असार २०७४ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App