coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बुटवल उपमहानगर, सिद्धार्थनगर र देवदह नगरपालिकामा काँग्रेसको अग्रता

भैरहवा- रुपन्देहीका १६ वटा स्थानीय तह मध्ये १५ वटामा मतगणना जारी  छ। प्रारम्भिक मतगणना अनुसार बुटवल उपमहानगर, सिद्धार्थनगर नगरपालिका र देवदह नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ।

 बुटवल उपमहानगरपालिकामा १ हजार मत गन्दा नेपाली काँग्रेसका खेलराज पाण्डेले ४५१ मतका साथ अग्रता लिएका छन्। एमालेका शिवराज सुवेदी ३३६ मत सहित दोश्रो स्थानमा छन्।

सिद्धार्थनगर नगरपालिका भैरहवामा पनि काँग्रेस अगाडि छ। १३ सय २४ मत गन्दा काँग्रेसका मातृका यादवले २९० मत पाएका छन्। एमालेका हरी अधिकारीले २३० मत सहित दोश्रोमा छन। राप्रपाका सागर प्रताव राणाले १३७ मत पाएका छन्।

तिलोत्तमा नगरपालिकामा भने केहीबेर अघिदेखि मतगणना सुरु भएको हो।

देवदह नगरपालिकामा पनि काँग्रेसले अग्रता लिएको छ। ९ सय मत गन्दा नेपाली काँग्रेसका हिराबहादुर खत्रीले ३३६ मतका साथ अग्रता लिएका छन। एमालेका उम्मेदवार टिकाराम चापागाईले २६५ मत पाएका छन। सैनामैना नगरपालिकामा एमालेले अग्रता लिएको छ।

प्रकाशित: १५ असार २०७४ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App