७ वैशाख २०८१ शुक्रबार
राजनीति

रामजनमको गाउँमा संघीय समाजवादीको अग्रता

टीकापुर – नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीको जोशीपुर गाउँपालिकामा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।

२ हजार १०० मत गणना हुँदा सम्म संघीय समाजवादी फोरमका अध्यक्षका उम्मेदवार चन्द्रप्रकाश चौधरीले ४९९ मत सहित अग्रता लिएका छन् । 

दोस्रो स्थानमा उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका बिरुप्रसाद चौधरी रहेका छन । उनले ४८४ मत हासिल गरेका छन । त्यस्तै काँग्रेसका रामकृष्ण चौधरीले ४२३, एमालेका प्रेमलाल चौधरीले २३१ र माओवादीका भक्ति थारुले २२६ र राप्रपाका उम्मेदवारले २१६ मत हासिल गरेका छन् । 

कुल १९ हजार ३ सय ६५ मतदाता रहेको जोशीपुरमा १५ हजार ५ सय २७ जनाले मतदान गरेको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले जानकारी दिएका छन् । 

प्रकाशित: १५ असार २०७४ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App