८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता

झापा- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा माओवादी केन्द्रले अग्रता लिएको छ। यता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा भने एमालेले अग्रता लिएको छ।

दमकमा सय मत गन्दा माओवादीका गगन पुरीले २९ मत, एमालेका रोमनाथ ओलीले २५ मत, राप्रपाका राम थापाले २० र कांग्रेसका ढुन्डीराज भण्डारीले १४ मत प्राप्त गरेका छन्।

त्यस्तै भद्रपुरमा एमालेका मेयर जीवनकुमार श्रेष्ठले १३६ र उपमेयर चन्द्राले १८४ मत, माओवादीका मेयर शिवराज भण्डारीले ८९ र उपमेयर स्वर्णिका सिंहले ७८ मत, कांग्रेस मेयर गणेश पोखरेलले ७० र उपमयेर तारादेवी भुर्तेलले ५७ र राप्रपाका मेयर नवराज पनेरु ५६ मत प्राप्त गरेका छन्।

प्रकाशित: १५ असार २०७४ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App