६ वैशाख २०८१ बिहीबार
राजनीति

त्रिवि सेवा आयोगमा शर्मा

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदमा चैतन्य शर्मालाई नियुक्त गरेको छ। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शर्मालाई समितिको सिफारिसका आधारमा अध्यक्ष नियुक्त गरेका हुन्। आयोग अध्यक्षको कार्यकाल तीन वर्ष हुनेछ। विगतमा उपप्राध्यापक पदबाट राजीनामा दिएका शर्मालाई सेवा आयोगको अध्यक्ष बनाइएकोमा प्राध्यापकले भने विरोध जनाएका छन्। प्राध्यापकलाई अध्यक्ष बनाइनुपर्ने आयोगमा उपप्राध्यापकबाट राजीनामा दिएका व्यक्तिलाई अध्यक्ष बनाएको भन्दै विरोध भएको हो।

शर्मा प्राधानमन्त्री ओलीनिकटका हुन्। आयोगका यसअघिका अध्यक्ष ईश्वरचन्› दत्तको कार्यकाल सकिएपछि शर्मालाई नियुक्त गरिएको हो। शर्मा यसअघि त्रिविमा रसायनशास्त्रका पूर्व सहप्राध्यापक तथा पूर्व उपनियन्त्रकसमेत हुन्। उनलाई शिक्षामन्त्रीको अध्यक्षतामा रहने सिफारिस समितिले उक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको बताइएको छ।

यसअघि शर्मा राजनीतिक आस्थाकै आधारमा उच्चमाध्यमिक शिक्षा परिषद् (हाल विघटन) का उपाध्यक्षसमेत भएका थिए। उनी मदन भण्डारी मेमोरियल कलेजका पूर्व क्याम्पस प्रमुख पनि हुन्।

प्रकाशित: ७ श्रावण २०७३ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App