७ वैशाख २०८१ शुक्रबार
समाज

धनकुटामा नक्कली मतदाता पक्राउ

धनकुटा- धनकुटाको चौबिसे गाउँपालिका वडा नं. – ६ को जनशिक्षा सदन आधारभुत विद्यालय थाप्रोङ केन्द्रमा २ जना नक्कली मतदाताहरु पक्राउ परेका छन्।

दिउँसो पौने २ बजेतिर अरुको नाममा मतदान गर्न खोज्ने क्रममा नाम नखुलेका २ यूवाहरु पक्राउ परेको चौबिसे गाउँपालिकाका निर्वाचन अधिकृत नगेन्द्र कालाखेतीले बताए। उनीहरुलाई छानबिनका लागि सुरक्षाकर्मीहरुले हिरासतमा राखिएको कालाखेतीले बताए।

निर्वाचन कसुर सजाय ऐन २०७३ को दफा ७ को उपदफा ३ अनुसार अरुको नाममा मतदान गर्नेलाई निर्वाचन अधिकृतले १ रुपैयाँदेखि २५ हजार सम्म जरीवाना गर्ने ब्यबस्था रहेको छ।

प्रकाशित: १४ असार २०७४ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App