coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदाता संख्या ५ सय, खसेको मत २ !

तस्बिर सौजन्य : कञ्चन झा/फेसबुक

नवलपरासी- नवलपरासीको एउटा मतदान केन्द्रमा जम्मा २ मत खसेको छ। नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ को जनता माबि भुजहवा केन्द्रमा अहिलेसम्म जम्मा २ मतमात्रै मत खसेको मुख्य निर्बाचन अधिकृत कैलाश केसीले जानकारी दिए।

भुजहवा मतदान केन्द्रमा ५ सय १ जना मतदाता रहेकोमा ४ सय ४१ जनाले मतदाता परिचयपत्र लगेका थिए। यो केन्द्र रहेको साविकको भुजहवा गाविसबाट वडा नम्बर २ लाई मात्रै अलग्याएर सरावल गाउँपालिकामा राखेका कारण मतदान बहिष्कार गरेको हुनसक्ने अनुमान गरिएको छ।

यो ठाउँ राजपाको प्रभाव क्षेत्र पनि हो। साविकको भुजहवा गाविसका ८ वटा वडालाई सरावल गाउँपालिकाको वडा नम्बर २ मा राखे पनि साविकको भुजहवा गाविसको वडा नम्बर २ लाई मात्रै सरावल गाउँपालिकाको वडा नम्बर ६ मा राखिएको थियो।

मंगलबार बोलाइएको सर्वदलीय बैठकमा कोही सहभागी भएका छैनन्। अन्य स्थानमा मतदान कार्य उल्लासमय वातावरणमा भइरहेको छ।

प्रकाशित: १४ असार २०७४ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App