वर्षालाई ध्यानमा राख्दै मतदान स्थलमा टेन्ट

मङ्गलबार, १३ असार २०७४, १९ : ५३ रेखा भुसाल

भैरहवा—रुपन्देहीमा पनि निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका २ सय ८ मतदान स्थलका ५ सय ४३ केन्द्रमा आवश्यक सामाग्री, कर्मचारी र अन्य तयारी पुरा भएको निर्वाचन कार्यालयका  प्रमुख हुमनाथ गौतमले बताए।

बर्षाको समय भएकाले पानी पर्न सक्ने सम्भावनालाइ मध्येनजर गर्दै टेण्टको समेत व्यवस्था गरीएको गौतमले जानकारी दिए।

बर्षाको समय भएकाले पानी पर्न सक्ने सम्भावनालाइ मध्येनजर गर्दै टेण्टको समेत व्यवस्था गरीएको गौतमले जानकारी दिए। एक उपमहानगरसहित पाँच नगरपालिका र १० गाउपालिका गरी १६ वटै स्थानीय तहमा बुधबार हुने निर्वाचनबाट ८ सय ७ जना जनप्रतिनिधि छानिँदैछन्। त्यसका लागि जिल्लामा ४ हजार  ५ सय ६२ को उम्मेदवारी परेका छ।

बिहान सात बजेबाट सुरु हुने निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गरीएको प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले बताए। सिंहका अनुसार ६ हजार सुरक्षाकर्मी खटाइएको छ। निर्वाचन सुरक्षाका लागि नेपाल भारत सिमानाका हिजैदेखि सिल गरीएको छ। मदिरा बिक्रिमा पनि रोक लगाइएको छ।

सिमामा नेपाल भारतका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गरिरहेका छन्। २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनकालागि ८० प्रतिशत मतदाता परिचय पत्र बितरण भएको निर्र्वाचन अधिकारी गौतमले बताए।

रुपन्देहीमा ४ लाख ६२ हजार ५४६ मतदाता संख्या छ।

जिल्लाको एउटा मतदान केन्द्रमा अधिकृतसहित सम्पूर्ण कर्मचरी महिलालाइ खटाइएको छ। निर्वाचन कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका सातको मतदान केन्द्रको सम्पूर्ण जिम्मेबारी महिला कर्मचारीलाइ दिइएको हो।

 





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad