पल्सर अवार्ड -२०७२

नवयुग श्रेष्ठ वर्ष खेलाडी घोषित, नमितालाई पिपुल च्वाइस अवार्ड (फाेटाेहरू)

बिहिबार, ०६ साउन २०७३, १८ : ५१ सञ्जय थापा


काठमाडौं— राष्ट्रिय फुटबल टिम तथा नेपाल आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले वर्ष खेलाडीको उपाधी जित्दा टेबल टेनिसकी नमिता श्रेष्ठले पिपुल च्वाइस अवार्ड जितेकी छन्।

राजधानीमा बिहीबार आयोजित ‘पल्सर स्पोर्टस् अवार्ड–२०७२’ मा नवयुग पुरुषतर्फ वर्ष खेलाडी  घोषित भएका हुन्। उनले फुटबलका विकेश कुथु,भारोक्तोलनका विकास थापा, उसुका राजेश चौधरी तथा तेक्वान्दोका वीरबहादुर महरालाई पछि पारेका हुन्।

त्यस्तै, महिलातर्फ जुडोकी फुपु ल्यामु खत्री महिला वर्ष खेलाडी २०७२ घोषित भइन्। उनले उसुकी निमा घर्ती मगर, स्विमिङकी गौरिका सिंह, ट्रयाल्याथोनकी रोजा केसीलाई पछि पारिन्।

पिपुल च्वाइस अवार्ड भने टेवल टेनिसकी नमिता श्रेष्ठले जितेकी छन्। एसएमएस तथा फेसबुक भोटको आधारमा चुनिने पिपुल च्वाइस अवार्डमा उनले क्रिक्रेटका सन्दिप लामिछाने,फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी प्रतिभा माली तथा भरोक्तोलनकी तारादेवी पुनलाई पछि पारिन्।

उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी तथा पिपुल च्वाइस अवार्डका विजेतालाई नगद ५० हजारसहित पल्सर मोटरसाइकल प्रदान गरिएको थियो।

उत्कृष्ट पारा एथलेटिक्सको अवार्ड भने सीता भण्डारीले जितिन्। उनलाई नगद ५० हजारसहित सम्मान गरिएको थियो।

त्यस्तै, फुटबल प्रशिक्षक बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक घोषित भए। उनले फुटबलकै राजुकाजी शाक्य, क्रिक्रेटका जगत टमाटा, उसुका प्रकाश महर्जन तथा जुडोका दलबहादुर गरुङलेलाई पछि पारे। उनले ५० हजार नगद हात पारे।

फुटबलकै अन्जन विष्ट युवा वर्ष खेलाडी घोषित भए। उनले क्रिक्रेटका सन्दिप लामीछाने, स्विमिङकी गौरिका सिंह, उसुकी निमा घर्ती मगर, जुडोकी मनिता श्रेष्ठलाई पछि पारे। उनले ५० हजार नगद हात पारे।

सो अवसरमा फिफा रेफ्रि श्रीराम रन्जितकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। त्यस्तै गत वर्ष आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएका एन्फाका उपाध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठलाई फुटबल क्षेत्रमा प¥याएको योगदानको कदर स्वरुप स्पेशल अवार्ड प्रदान गरिएको छ।

त्यस्तै, २३ वर्षपछि राष्ट्रिय टोलीलाई फुटबलमा उपाधि दिलाउन सफल नेपाली राष्ट्रिय फुटबल टिमलाई टिम अफ दि इयरबाट सम्मानीत गरिएको छ।

तस्बिरहरूः प्रबिन काेइराला

 



















यसमा तपाईको मत

अन्य समाचार

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

Ncell Footer Ad