coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एकलाख ५७ हजार सहित इन्जिनियर पक्राउ

दाङ–अख्तियारको टोलीले दाङमा एक इन्जिनियरलाई घुस लिँला लिँदै गरेको छ। लमहीस्थित जलउत्पन्न नियन्त्रण कार्यालयका इन्जिनियर रामदुलारी यादवलाई अख्तियारको कोहलपुरस्थित कार्यालयबाट खटिएको टोलीले एकलाख ५७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टोलीले उनको कोठाबाटै घुससहित सहित नियन्त्रणमा लिएको हो। 

‘एकलाख ५७ हजार रुपैयाँ घुससहित समात्यौँ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका एसपी दीपक थापाले भने, ‘कोठामै रकम बुझेको अवस्थामा समातेका हौँ।’ अख्तियारका अनुसार इन्जिनियर यादवले एउटा ठेक्काको रकमबाट १५ प्रतिशत रकम घुस मागेका थिए। बिहीबार उनले सोही रकम बुझ्दै थिए। गोवरडिहा ८ स्थित खहरे खोलामा ग्याविन तारजालीको योजनाका लागि आएको १७ लाख ९३ हजार ६ सय रुपैयाँ मध्य १५ प्रतिसत रकम आँफूलाई हुनु पर्ने अन्यथा योजना पास नगर्ने निर्माण व्यवसायिलाई धम्की दिएका थिए।

‘योजनाको रकमको १५ प्रतिशत रकम घुस मागेको र नदिएपछि योजना पास नगर्ने धम्की आएको भन्ने उजुरी आयोगमा परेको थियो,’ एसपी थापाले भने, ‘सोही उजुरीका आधारमा हामीहरुले गरेको अनुगमनका क्रममा बिहीबार रंगेहात समातेका हौँ।’ अख्तियारको नियन्त्रणमा रहेका यादवमाथि अनुसन्धान प्रकृया सुरु गरिएको थापाले वबाए। यसअघि पनि अघिल्लो आर्थिक बर्षमा आर्थिक अनियमितता गरेको भन्दै सोही कार्यालयका प्रमुख बेदानन्द उपाध्यायलाई विप्लव माओपादीका कार्यकर्ताहरुले कालोमोसो दलेका थिए ।   

 

प्रकाशित: ६ श्रावण २०७३ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App