मिडिया साक्षरता र व्यवस्थापन

मङ्गलबार, १३ असार २०७४, ०९ : ०९ नरेन्द्रजंग पिटर

यो राजनीति र मिडियाको 'कर्पोरेट युग' हो। चुनावी विगुल फुकिसकेेको बेला मिडियाको चर्चा नहुनु कम्प्युटर, इन्टरनेटको जोगाड गर्नु तर बिजुलीको वास्तै नगर्नुजस्तै हो। पार्टीलाई भन्दा बढी चुनाव मिडियालाई लाग्छ र मिडियाबाटै चुनाव धेरै लडिन्छ पनि। पुराना सोच ध्वस्त र नयाँ सोच एवम् धारणा विकास हुनुमा तर्कपरक सूचना मिडियाबाटै पाइन्छ।।

मिडियाको अहिलेको अवस्था भनेको मिसन र प्रोफेसनलाई जोडेर कन्फ्युजन पैदा गर्नु हो। जनसरोकारका मुद्दालाई सरोकारहीन बनाएर समाचारमाथि शक्तिशाली वर्गको नियन्त्रण भइरहेको छ। 

कर्पोेरेट मिडियाले सामाजिक परिवर्तन वा आन्दोलनको औजार अर्थात् नयाँ सोच्ने मानिस बनाउनेभन्दा पनि आफूलाई राज्य र पाठक, स्रोता र द्रष्टालाई उपभोक्तामात्रै होइन, प्रजा सोचिरहेको हुन्छ। जति ठूलो मिडिया हुन्छ, उसका स्वार्थ र सम्बन्ध पनि त्यत्तिकै ठूला हुन्छन्। भनिरहनै पर्दैेन, मिडियाको अहिलेको अवस्था भनेको मिसन र प्रोफेसनलाई जोडेर कन्फ्युजन पैदा गर्नु हो। जनसरोकारका मुद्दालाई  सरोकारहीन बनाएर समाचारमाथि शक्तिशाली वर्गको नियन्त्रण भइरहेको छ। 

पत्रकारितामा मूल्य, मान्यता र व्यावसायिकताको चर्चा अब स्यालका सिंग हुँदैछन्। यसका बाछिटा कर्पोरेट मिडियामा नपर्ने कुरै भएन। यसैले पीत पत्रकारिता र मिडिया मेनेजमेन्ट पहिलो कोटीको बहसमा पर्छन् । 

 दोस्रो विश्वयुद्धपूर्व मिडिया व्यवस्थापनलाई प्रोपोगन्डा विधा भनिन्थ्यो। त्यो हितअनुसारको शक्तिखेल भएपछि कालान्तरमा बदनाम भयो। यो बदनामी अझ, हिटलरका नाजी फाँसिवादी प्रचारमन्त्री गोयबल्सको नामसँग जोडिन्छ। अंशमा टेकेर आग्रहअनुसार समग्रमा आक्रमण गर्न समाचारमा खेल्दै दिग्भ्रमित पार्नु, असान्दर्भिक विषयलाई महत्व दिँदै सान्दर्भिक विषयलाई सके बहसहीन बनाउनु, नसके विषयान्तर गर्नु वा न्यूनीकरण गर्नु, अल्मल्याउनु, वीभत्स चित्रणमा समाचार कथ्नु जस्ता गोयबल्स शैलीका औजार हुन्।

राजनीतिज्ञ, कर्पाेरेट घराना, वरिष्ठ पत्रकारहरूको कसरी  मिडिया व्यवस्थापन हुँदोरहेछ र सिन्डिकेट बन्न पुग्दोरहेछ भन्ने नियाल्न अझ छिमेकी मुलुक भारतमा भएको निरा राडिया टु जी स्पेक्ट्रम घोटालाको खेललाई आधुनिक कालको उम्दा मिडिया मेनेजमेन्ट भनिन्छ। त्यसैले राडिया–मिडिया भन्ने गरिएको पनि हो।

मिडिया चिन्तक एवं विश्वग्रामका कल्पनाकार मार्सल म्याक्लुहम मिडियाले एउटा क्रमशः नयाँ मान्छे बनाइरहेको हुन्छ भन्थे। समाजमा जुन वर्गको वर्चश्व हुन्छ त्यसैलाई मूलधार भनिन्छ, त्यो जनसंख्याको हिसावकिताबमा कहिल्यै भर पर्दैन। 

मिडिया कुनै अजेन्डाको निर्णायक पक्ष नहुन सक्छ तर कुन विषयमा कसरी सोच्नुपर्छ भन्ने विषयमा भने प्रभाव पार्छ। हरेक सामाजिक टकराव, द्वन्द्वहरू मिडियामा देखिन्छन् नै। आधुनिक कालको परिचय नै एउटा मिडियाजनित समाजको क्रमशः विकास हुनु हो। त्यसलेे मिडियाबाट आफ्ना धारणा बनाउँछ। सामान्यजन भने सम्बन्धित विषयमा कार्य, कारण र परिणाम खुट्याउने झन्झटबाट मुक्त भएर सहज र सरल चिन्तनद्वारा आफ्ना धारणा बनाउँदै भूमिकामा उत्रँदै निर्णय लिने गर्छन्।

मिडिया मेनेजमेन्टलाई बुझ्न र धारणा बनाउन पनि मिडियाका अन्तरनिहित पक्ष जानकार हुन आवश्यक हुन्छ। त्यसैलाई यहाँ मिडिया साक्षर भन्न खोजिएको हो। अर्काेतर्फ 'मेनिफयाक्चरिक कन्सेप्ट' का लेखकद्वय यडवर्ड यस हरमन र नोम चोम्स्कीको भनाइ मान्ने हो भने जबसम्म कुलिनहरूको वर्गमाथि चुनौती आउँदैन तबसम्म उनीहरूको पकडका मिडिया स्वतन्त्रता देखिन्छन् जब कुलिनहरूको वर्ग हित दाउमा लाग्छ तब उनीहरूबीच जबर्जस्ती सहमति हुन्छ र वैमनश्यता भुल्छन्। तटस्थताको सुख भोग्ने भनेको सहज अवस्थामा मात्र हो, पक्षधारिता मानवीय गुण नै हुन्।

  वर्तमान राजनीतिमा मिडिया मेनेजमेन्ट अत्यन्तै आवश्यक कडी र चुनौतीका विषय हुन्। मिडिया साक्षरताको कुरा गर्दा मिडियामा बहसको दशा र दिशा केले निर्देशन गर्छ? बहसलाई प्रभाव पार्ने कुन कुन पक्ष तत्व हुन्?  त्यसको जवाफमा हरमन र चोम्स्कीको भनाइले ५ तत्वको विश्लेषण माग गर्छन्– १) स्वामित्व, २) विज्ञापन, ३) स्रोत, ४) असहमति/सेन्सर/निन्दा र ५) कम्युनिज्म विरोध। अब आएर वार इन टेररलाई अर्थात नेपालको सन्दर्भमै भन्नुपर्दा द्वन्द्व र शान्तियुद्ध मान्नुपर्ने हुन्छ ।      

जहिले पनि हरेक व्यवसाय र उद्योगले पँुजी, व्यवस्थापन र मुनाफा माग गर्छ। त्यसका आफ्नै मूल्य, मान्यता, आदर्श र अनुशासनका घेरा हुन्छन्। मिडिया उद्योग पनि त्यसबाट अछुतो हुन सक्दैन्। स्वतन्त्र पत्रकारितालाई व्यावसायिक भनिन्छ। प्रविधिको विकाससँगै अहिले मिडियाका पनि रूप र गुणमा फेरबदल आएका छन्। अहिले मिडियासम्बन्धी दुनियाँमा चलिरहेका बहसमा यदि मिडिया मात्र व्यवसाय र उद्योग हो भने अब प्रश्न उठ्छ के त्यो राज्यको चौथो अंग बन्ने नैतिक पुँजी राख्छ? अन्य उद्योगका मजदुर र  मिडिया मजदुर (पत्रकार) मा कुनै भिन्नता रहन्छ? त्यसैले मिडिया र मिडियाकर्मीको विशिष्ट दर्जा हुन सक्छ?  भन्ने बहस पनि चलेका छन्।                             

जहिले पनि शक्ति र सोचबीच सम्बन्ध हुन्छ। शक्तिलाई आममनोदशा तयार गराएर आफ्नो औचित्य दिलाउँदै अनुकूलको जनमानस तयार पारेमात्र सुरक्षित भइन्छ भन्ने भान हुन्छ।  मिसनबाट सुरुवात भएको नेपाली पत्रकारिता पनि अहिले मिडियामा फेरिएको छ। व्यावसायिक रूप अंगालिसकेको छ। हरेक व्यवसायले नाफा खोज्छ। मिडिया आफँै पनि उद्योगमा फेरिइसकेकाले अब यो मिसनमात्र रहेन। मिसन रह्यो भने व्यावसायिक मिसनमात्र रहन पुग्यो। व्यावसायिक मिसन भएपछि सामाजिक परिवर्तनको आदर्श नभई नाफा कसरी कमाउने भन्ने आदर्श हुने भयो। आदर्श, मान्यता र सामाजिक परिवर्तनका मिडिया छन्, ती ठूला मिडिया सामुन्ने त्यसै ओझलमा परेका छन् वा लक्षित समुदायसम्म पुग्न सकेका छैनन्।                                                     

यहाँ बहसको सिर्जना मिडियाले भन्दा परोपकारी व्यवसाय गर्ने एनजिओ र त्यसैको लालनपालनमा पोसिने 'नागरिक समाज' र 'बौद्धिकजन' ले गर्छन् र उनीहरूकै ज्यादा प्रभाव  मिडिया र सामान्यजनको चालु बहसमा देखिन्छ।                                                                       

अन्त्यमा, मिडिया मेनेजमेन्ट, बहस सिर्जना र शक्तिबीचको सम्बन्ध र जनमानस निर्माणको विषय उठाउँदा भूराजनीतिक संवेदनशीलता भुल्नुहुँदैन। आज नेपालको राजनीतिक अस्थिरता, सोचका टकराव र त्यसका वास्तविकता चुनावी मैदानमा देखिएका छन्। मिडियाका वास्तविक अनुहार र भूमिका चुनावी उत्कर्षमा सूक्ष्मरूपले अध्ययन गर्ने हो भने त्यो अझ छर्लंग हुन्छ। यसमा प्रत्यक्षभन्दा पनि परोक्ष हुने खेल सहज ज्ञानले मात्र समाचार, समाचारजनित विचार आग्रहका खेल बुझ्न र खुट्याउन सकिँदैन। त्यसका लागि हाम्रै परिवेशमा भएका सकार र नकार खेल, खेलभित्रको झेल बुझ्नु नै मिडिया साक्षरता हो। तबमात्र मिडिया उपभोक्ता मिडियाले थोपरेका सोचभन्दा मौलिक चिन्तन र भूमिकामा उभिन सक्छन्।   








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad