शिलान्यास भयो, तर २ वर्षमा पनि काम सुरु भएन

बिहिबार, ०६ साउन २०७३, १५ : ३७ मुक्तिप्रसाद न्यौपाने

पाल्पा– पाल्पा, स्याङ्गजा र गुल्मी जिल्लाको संगम स्थलमा रहेको प्रसिद्ध धार्मिक क्षेत्र रिडीको कालिगण्डकीमा निर्माण हुने भनिएको ३ मुखे झलुङ्गे पुल निर्माणको काम अलपत्र परेको छ। काम सुरु गर्न शिलान्यास गरेको २ वर्ष बितिसकेको छ। तर, निर्माण कार्य प्रारम्भ हुन सकेन। तत्कालिन नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल र गुल्मीका सांसद चन्द्र भण्डारीले वैदिक विधिअनुसार पुलको शिलान्यास गरेका थिए।

२०७१ असार १० गते नयाँ बाटो रुबिना मना जेभि कन्ट्रक्सन तनहुँसँग ९ करोड ८८ लाख लागतमा ठेक्का सम्झौता भएको थियो। पुलको हालसम्म कुनै पनि काम अघि बढ्न नसक्दा यस क्षेत्रका स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन्। नयाँ बाटो रुबिना मना जेभि कन्ट्रक्सनसँग २०७४ आषाढ ९ गते काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग सस्पेन्सन ब्रिज डिभिजन, डोलीडार अन्तर्गत काम गर्ने सम्झौता भएको जिल्ला प्राविधिक कार्यालय गुल्मीका इञ्जिनियर प्रकाश थापाले बताए । ठेकेदारले काम गर्ने सम्झौता गरेता पनि मन्त्रालयमा अहिलेसम्म सम्पर्कमा नआएकोले काम सुरु नभएको जानकारी आएको थापा बताउँछन् ।

रिडी बजार व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार श्रेष्ठले पुल निर्माण हुने भो भनेर स्थानीयहरु हर्षित भएकोमा अहिले निराशा थपिएको बताउँछन्। निर्माण कम्पनी कुनै प्रक्रिया अगाडी नबढाउँदा १ वर्षमा पन िपुल नबन्ने निश्चित भएको छ। तीन जिल्लाका मानिसहरुको बजार गर्ने स्थान र धार्मिक पर्यटकीय गन्तव्य भएकोले रिडीमा पुलको आवश्यकता भएको श्रेष्ठले बताए।

पुल निर्माण कार्य अगाडि बढाउन पहल गर्न भन्दै पटक–पटक सम्बन्धित मन्त्रालय र मन्त्री कहाँ भेट गर्न गएकोे स्थानीय परशुराम भट्टराईले बताए। उनी भन्छन्, अहिलेसम्म पुल निर्माणको कुनै कार्य भएको छैन, मन्त्रालयबाट पुल बन्ने आश्वासन पाईयो।

रुरु नेटवर्क प्रालीका प्रबन्ध सञ्चालक सुन्दर कसजुले स्थानीयहरुलाई आश देखाएर सरकारले भ्रम सिर्जना गरेको बताए। उनी भन्छन्, ‘कि आशा नदेखाउनु पथ्र्यो, तामझामका साथ शिलान्यास गरेर एउटा खाल्टो खनेर फर्कीए। अहिलेसम्म निर्माण कम्पनी देखा समेत परेको छैन।’ १५ करोड इष्टिमेट भएको पुल लिलाम घटाघटमा ठेक्का लिँदा कममा सम्झौता भएको र घाटा हुने देखेर काम नगरेको कसजु बताउँछन्।
डोलीडारका आयोजना प्रमुख कुमार थापाले आफूहरुले पत्रिकामा सूचना निकालेरै ठेकेदारलाई सम्पर्कका लागि अनुरोध गरेको बताए। उनी भन्छन्, ‘स्पष्टिकरण लियौं, ठेकेदारले भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण काम गर्न सकिन भन्यो।’ हामी पुनः नयाँ प्रक्रियामा जाने भनेपछि वर्षापछि काम गरेर समयमै सम्पन्न गर्ने बताएको छ, तर काम समयमा सकिंदैन।,’ थापाले भने ।

ऋषिकेश मन्दिरका पुजारी चुणामणी तिमिल्सिनाले धार्मिक र पर्यटकीय क्षेत्रलाई पहिचान गराउनका साथै स्थानीय गाउँबासीलाई सुविधाका लागि पुल बनाउन बजेट परेको बताए। उनी भन्छन्, ‘यस क्षेत्रका अधिकांश मानिस नदी तर्न समस्या खेपिरहेका छन्।’

रिडी बजार कालिगण्डकी किनार र रिडी खोलाको किनारमा अवस्थित छ।

 





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad