अक्षर

कला बिक्छ ?

शनिबार, ०४ असार २०७३, १३ : २४

 डा. तारालाल श्रेष्ठ

नेपालमा ‘कलाकार धेरै छन् । तर, कला पारखी धेरै छैनन् । पारखी विना कला बाच्न सक्छ ?’ नारायणबहादुर सिंह आफ्नो प्रश्नको उत्तर आफै दिन्छन्, ‘पारखीबिना पनि कला बिलकुल बा“च्न सक्छ । किनकि कलाकार मर्छ, कला मर्दैन । आजै बिक्नुपर्ने कला सागपात हो । र, भोलि छँदैछ उसको, के हतार ?’ लैनसिंह बाङ्देलको शब्दमा प्रथम कला–समीक्षक सिंहको २०३२ सालमा साझा प्रकाशनबाट प्रकाशित ‘कला एक अनुभूति एक चिन्तन’ पुस्तकको सुरुवाती अभिव्यक्ति हुन् यी । पुस्तकको चौथो अध्यायमा त्यसबखत लन्डनमा ‘पुरुष मोनालिजा’ लिलाम गर्दा ५ करोड ५४ लाख ४० हजारमा बिक्री भएको तथ्य सिंहले लिपिबद्ध गरेका छन् । विश्वबजारमा अन्य अनगिन्ती चित्रकलाले करोडौ“ मूल्य पाएको महागाथा पुस्तकमा समेटिएका छन् । त्यसबखत नेपालमा भने चित्रकला यसो एकदुई सयमा बिके अहोभाग्य ठान्ने नियति थियो । विश्वबजारमा नेपाली चित्रकला बिक्रीका कुरा कल्पनाभन्दा परका थिए । तैपनि, नेपाली मौलिक कला बा“च्यो । कलाकारले आफू बिचल्ली बनेर पनि नेपाली मौलिक कला बचाए । इतिहासका भोका कलाकारलाई आजका सम्पन्न युवापुस्ताले सम्मान गर्नैपर्छ । त्यस्तो ‘शून्यतामा बा“च्ने संघर्षलाई महान् ठान्नुपर्छ’ भन्दै सिंहले पनि नेपाली चित्रकारप्रति आफ्नो पुस्तकमा श्रद्धाभाव व्यक्त गरेका छन् ।
नेपाली चित्रकला बिक्रीको त्यस्तो सबाल्टर्नीय अवस्था हिजोका यथार्थ हुन् । आज नेपाली मौलिक चित्रकला बिक्रीका कतिपय कथा सुन्न–सुनाउन लायक छन् । युवा कलाकारका चित्रकला पनि दसौ“ लाखमा बिक्री भइरहेका छन् । कलाकार स्वाधीन किसिमले बाँच्न सक्ने अवस्था आएको छ । परम्परागत पौवा र पोर्टे«ट चित्र निर्माण गर्न सम्भ्रान्त वर्गले कलाकारलाई खेतालाझै“ खटाउन अहिले सक्दैनन् । हिजोझैँ चित्र बनाउन लगाएर कलाकारलाई गुमनाम बनाउन सक्दैनन् । अभावमै अधिकांश कलाकारको जीवनलीला सिद्दिन्न । लामो ऐतिहासिक जगबाट आज यो अवस्था आएको हो । नेपाली कलाकारले इतिहासमा निकै कष्टपूर्ण समय गुजारेर आजको अवस्था सिर्जना भएको हो । नेपाली चित्रकला परापूर्वकालदेखि नै प्रसिद्ध थियो । सबै जातजातिका आआफ्नै कला निधि थिए, अझ छन् । मण्डप सिँगार्ने, नाग टा“स्ने, नेवारी संस्कृति, पौवा तथा मिथिलाकला त्यस्ता केही नमूना हुन् । सबै संस्कृतिमा विशिष्ट कलाशिल्पी अझै जीवित छन् । तिनको समान प्रतिनिधित्व र प्रवद्र्धन भने हुन सकेको छैन । त्यसमा ऐतिहासिक कारण छन् ।
मल्लकाललाई चित्रकलाका हिसाबले स्वर्णीम युग मानिन्छ । जब शाहकाल सुरु भयो, कलाका लागि केही गर्नैनपाई पृथ्वीनरायण शाह बिते, एकीकरणै नसकी । सुगौली सन्धिपछि नेपालमा अन्तर्राष्ट्रिय प्रभाव बढ्यो । कोतपर्वपछि एक सय ४ वर्षे कालरात्रि सुरु भयो । जंगबहादुर बेलायत घुमेर फर्केपछि पश्चिमा शासकमैत्रीकलाको नक्कलले नेपाली मौलिक धरातलै ध्वस्त पा¥यो । जंगबहादुरले बनाएका टँुडिखेलमा आफू घोडामाथि सवार सालिक एउटै नमूना पर्याप्त छ । ठ्याक्कै यस्तै घोडसवार सालिकहरू लन्डनमा प्रशस्तै छन् । राणाकालमा निर्मित अनेक दरबार र कला बेलायती नक्कल हुन् । कलाका लागि पञ्चायत पनि उदार रहेन । पञ्चहरू पनि राजामहाराजाको भद्दा तस्बिर र सालीक निर्माणको नक्कलमै केन्द्रित भए । चाकरी र स्तुति संस्कार जारी रह्यो । प्रजातान्त्रिक र माओवादी सशस्त्र जनयुद्धकालले कलाकारलाई कति तिखा¥यो वा झन् भुत्ते पा¥यो भन्ने विषयमा व्यापक विश्लेषण आवश्यक छ । यद्यपि, पछिल्लो समय थुप्रै कलाकार आफ्नो सृजनाको बिक्रीबाट आत्मनिर्भर बन्ने क्रम बढ्दो छ ।
एक नमूना पात्र हुन्, युवा कलाकार मुकेश श्रेष्ठ । यिनको एउटै चित्रकला १० लाखभन्दा बढीमा बिक्री भइरहेका छन् । सन् २००६ मै एकल प्रदर्शनीमा पहिलो चित्रकला बिक्री हु“दा उनी हौसिएका थिए । ‘मेरो कलालाई मन पराउने मान्छे रहेछन्’ भन्ने भान भयो अरे उनलाई, जब पहिलो प्रदर्शनीमै उनको कला बिक्यो । बनारस हिन्दु विश्वविद्यालयबाट स्वर्णपदक प्राप्त उनको ‘काशीः एक प्रभाव’ शीर्षकमा भारतमा एकल प्रदर्शनी भयो । त्यस क्रममा, उनकै शब्दमा– एउटा पेन्टिङ ३ लाखमा बिक्री भयो । बोस्टन म्यासिच्युटका प्रोफेसर डेनिस मारिकाले उनको पेन्टिङ मन पराएर किने । अनि उनी नेपाल फर्किए । उनको अध्ययनको सोसिओ–पोलिटिकल विषयवस्तु केन्द्रित चित्रकला सिर्जना प्राथमिकतामा अझै छ“दैछ । बुद्ध दर्शनस“ग जोडिएका चित्रकला सिर्जनामा पनि उनी उत्तिकै समर्पित छन् । चीनमा बुद्धका चित्रकलाको निकै माग छ । अन्य देशमा पनि बुद्धस“ग सम्बन्धित कलाको बिक्री बढ्दो छ । बुद्ध यस्ता महामानव हुन्, जसको चित्रकला जति सिर्जिए पनि पूर्ण हुँदैन । पुरानोपनको मौलिक नेपाली मर्मलाई नमारिकन नया“ मिक्सचरमार्फत् बुद्धको शृंखला सिर्जनामा केही वर्षयता मुकेश समर्पित छन् । चीनको बेजिङमा उनको एकल प्रदर्शनीको आयोजना गरि“दै छ, यहि जुलाई ५ देखि १० सम्म ।
मुकेशको बेइजिङ प्रदर्शनीका लागि सिर्जित आठ ओटा सिरिजमध्ये दुइटा चित्रकला एक क्यानेडियनले १० लाखमा अघिल्लो वर्ष नै किनेर लगे । उनको घरभरि चित्रैचित्र, बुद्धैबुद्ध थिए । विशाल बुद्धचित्रभित्र अनेकौँ जीवजन्तु, सारा प्रकृति, आकृति अटाएका कलाले उनको ग्यालरी पुग्ने जो कोहीलाई मोहित पाथ्र्यो । उनको अमूर्त आधुनिक चित्रकला पनि उस्तै बेजोडका छन् । ती एकपछि अर्को बिक्री भइरहेका छन् ।
उनका अनुसार, ‘जति प्रदर्शनी गरियो, प्रायः सबै पेन्टिङ बिक्री भएका छन् ।’ आजसम्म आयोजित उनको छ वटा एकल प्रदर्शनीमा प्रदर्शित प्रायः सबै चित्रकला बिक्री भइसकेको उनले बताए । अघिल्लो एउटा एकल प्रदर्शनीमा २० देखि २५ वटासम्म पेन्टिङ राखिएका थिए । ती सबैजसो बिक्री भइसके । उनले भने, ‘आजसम्म करिब ५० लाखजतिको पेन्टिङ बिक्रीबाट आम्दानी भए होलान् ।’ एउटा युवा कलाकारको कला विश्वबजारमा लाखौ“ मूल्यमा बिक्री हुनुले नेपाली मौलिक कलाको महŒव दर्साउ“छ । बेइजिङमा आयोजना हुन लागेको प्रदर्शनीमा ८ वटा ४ बाइ १० साइजका बुद्धका विशाल चित्रकला सिरिज प्रदर्शनी गरिँदैछन् । ती बुद्ध बिम्बलाई केन्द्रमा राखेर सिर्जित चित्रहरू बेजिइङ पुगिसके । मुकेशका शब्दमा, आज मान्छे जति नै सम्पन्न भए पनि आफैलाई भित्रैदेखि चिन्न नसकेर सुखी छैनन् । भौतिकरूपमा सम्पन्न भएर पनि मानसिकरूपले अस्थिर छन् । मानसिक शान्तिको मार्गनिर्देश गर्न मैले बुद्धको सिरिज बनाएको हुँ ।’ यद्यपि, ती चित्रकला नेपालमा बस्ने छैनन् । नेपाली घर, अफिस, ग्योरीमा सजिने छैनन् । बन्दाबन्दै बिक्री भइसके, विदेशिइसके । प्रदर्शनी नै विदेश (बेइजिङ) मा हुँदैछ । यसलाई सुख भन्ने कि दुःख ?
चीनमा प्रदर्शनी किन ? भन्ने प्रश्नमा मुकेशको प्रतिक्रिया छ, अहिले हरेक कुराको विश्वबजार चीन नै हो । विशेषगरी नेवारी पौवा र थान्का चित्रकला चीनले नै बढी आयात गर्दैछ । युरोपका संकलकले किनेका चित्रकला पनि बढी मूल्य तिरेर चीनका कला संकलकले किन्ने चलन बढ्दो छ । हरेक क्षेत्रमा चीनको संलग्नता बढी भएस“गै चीनले कलामा पनि बढी खर्च गर्दैछ । नेपाली अनेक कलालाई चीनले बढी प्राथमिकतामा राख्नुको पछाडि नेपाली भूराजनीतिक परिवेश पनि जोडिन्छ । नेपालमाथि बढी प्रभाव कायम राख्न पनि बढी लगानी गरेको हुन सक्छ । यो अलग अध्ययनको विषय हो । अहिले विश्वका अति अमूल्य तथा दुर्लभ निधिको रेप्लिका निर्माण गरी आफ्नो देशमा संरक्षण गर्ने काममा पनि चीन अग्रसर देखिन्छ । मुकेश भन्छन्, नेपालको बौद्ध स्तुपा चीनमा निर्माण गरिँदैछ, नेपालकै स्वरूपमा, जस्ताको त्यस्तै । नेपाली कलाकारहरू नै यस कार्यमा संलग्न छन् । बेइजिङ विश्वका वैभवशाली कलाको केन्द्र बन्दै छ । जहा“ नेपाली कलाले पनि राम्रै स्थान पाएको छ ।
प्रक्रिया समकालीन आधुनिक भए पनि मुकेशको मुख्य उद्देश्य परम्परागत नेवारी पौवा चित्रलाई प्रवद्र्धन गर्दै विश्वव्यापीकरण गर्नेतर्फ उन्मुख देखिन्छ । मैले मुकेशलाई सोधेँ, ‘आफ्नो कला बिक्री भएर विदेशिएको क्षण कस्तो महसुस हुन्छ ?’ उनले भने, ‘हेर्नुस् यी प्रत्येक चित्रकला सिर्जन कैयौ“ दिन भोकभोकै बसिन्छ, रातभर खटिइन्छ, सोचिन्छ, घोत्लिइन्छ । अनि आफ्नो सन्तानजस्तै यिनको माया लाग्छ । बिक्री हु“दा दुःख पनि लाग्छ । कहा“ लगेर कसले राख्ने हो, केही अत्तोपत्तो हुन्न ।’ विश्वबजारमा आफ्नै कला बिक्रीपछि कलाकारले पुनः देख्न पाउँदैनन् । कलाकारले जति नै कोसिस गरे पनि पुनः उही पेन्टिङ बनाउन पनि सक्दैनन् । एकपटक हातबाट फुत्किएपछि सिद्दियो, सिर्जना । पैसा पनि सकिहाल्छ । कलाकारलाई आफ्नो कलाकै वरिपरि बस्न, तिनकै छेउमा बा“च्न मन लाग्ला । मुकेश भन्छन्, ‘बेच्छु भनेर चित्र बनाइएको पनि होइन, त्यो सोचेर बनाउनु पनि हुन्न ।’ यति पैसाका लागि यस्तो काम गर्छु भनेर सिर्जित सिर्जनामा गहन साधना पनि हुन्न । मुकेशका बुवाले अघिल्लो भेटमा भनेका थिए, ‘पञ्चबुद्धको कस्तो राम्रो पा“च वटा चित्रकला ग्यालरीमा थिए, अर्को दिन छैन । कोको विदेशी आकाथे, कताकता पु¥याए, किनेर लगेछन् । कस्तो नरमाइलो लाग्यो । अझैसम्म थकथक लाग्छ ।’ अहिले बुद्धका विशाल ती चित्रकला सबै बेइजिङ पु¥याइएका छन्, जुन अब कहिल्यै स्वदेश फर्किंदैनन् । उनलाई कस्तो भान भइरहेको होला । रेप्लिका बनाएर सस्तोमा कला बेच्ने प्रचलन पनि नेपालमा सुरु भएको छ । अहिले परम्परागत पौवाकलाको बढी रेप्लिका बन्ने गरेको छ । मुकेशले ती विशाल बुद्धचित्र सिरिजको रेप्लिका बनाएका छैनन् ।
जसले आधुनिकताको जति बखान गरे पनि नेपाली पौवाचित्र नै बढी बिक्री हु“दोरहेछ । किनकि, त्यसमा आफ्नो मौलिक नेपालीपन छ । यसले नेपाली मौलिकपनको महŒवको पुष्टि गर्छ । अनि समसामयिक कला बढी बिकेको देखिन्छ । स्वदेशी कलापारखी तथा क्रेता अति न्यून छन् । प्रायः नेपाली कला विदेशीले किन्छन् । विशेषतः चीन, जापानलगायत दक्षिण एसियाली मुलुकमा नेपाली मौलिक कला बढी बिक्री भइरहेको पाइन्छ । युरोप तथा अमेरिकामा पनि नेपाली कला फैलँदो छ । सिराहमा जन्मिएका लक्ष्मण श्रेष्ठको चित्रकला विश्वबजारमा करोडौ“मा बिक्री भइरहेका सत्यकथा सुनिन्छ । यद्यपि, उनलाई अझै आमनेपालीले चिन्दैनन् । शशिविक्रम शाह सबैभन्दा बढी चित्रकला बिक्ने नेपाली चित्रकार हुन् । जबर्जस्ती अन्तर्राष्ट्रियकरण गर्न खोजिरहेका नेपाली कलाकार पनि थुप्रै छन् । मुकेशका शब्दमा, करण नरसिंह राणा, वत्सगोपाल वैद्य, दुर्गा बराल, शशिकला तिवारी, वीरेन्द्रप्रताप शाह, किरण मानन्धर, कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, उमाशंकर शाह, सीमा शर्मा शाह, जीवन राजोपध्याय, रागिनी उपाध्यायलगायतका पेन्टिङ पनि राम्रै बिक्री हुने गरेको देखिन्छ । युवापुस्तामा सुजन चित्रकार, सुनिल सिग्देल, आशा डंगोल, एरिना ताम्राकार, विनोद प्रधान, कपिलमणि दीक्षित, राजन पन्त, पृथ्वी श्रेष्ठ, सौरगंगा दर्शनधारी, हितमान गुरुङ, सागर मानन्धर, नारायण बोहजु, जीवन सुवाल, सुदीप बल्लाका सृजना पन िबिक्छन् । पौवा परम्परागत चित्रकलामा प्रसिद्धि प्राप्त गर्ने लोकचित्रकारहरू उदयचरण श्रेष्ठ, समुन्द्रमान श्रेष्ठ, राज प्रकाश, अमृत डंगोल, देवेन्द्र सिन्खुवा, रामप्रकाश श्रेष्ठलगायत युवा कलाकार थुप्रै रहेछन् । यिनका चित्रकला मज्जाले बिक्छन् । कमै बिक्री भए पनि अनवरत आफ्नै सुरमा तल्लिन उच्चकोटीका कला सिर्जनमा सधैँ समर्पित पुरण खड्काजस्ता कलाकार पनि धेरै रहेछन् ।
युवापुस्ताका सफल चित्रकारमध्ये मुकेश प्रतिनिधि लाग्छन् । जसले करिब ४ दर्जन सामूहिक प्रदर्शनीमा कलाकृतिको प्रदर्शन गसिकेका छन् । ती कला प्रायः बिक्री भइसकेका छन् । उनले मुस्ताङ सिरिजबाट प्राप्त आम्दानीको २५ प्रतिशत मुस्ताङमै ट्रस्टलाई सहयोग गर्दै आएका छन् । यस्ता कथाले केही कलाकार कलाकारितामार्फत् नै आत्मनिर्भर हु“दै गरेको संकेत गर्छ । यद्यपि, प्रसिद्ध नेपाली चित्रकारलाई पनि आमनेपालीले चिन्दैनन् । कला सीमित कुलीनहरूकै कब्जामा छ । यसमा सरकार पनि दोषी छ । एकेडेमी तथा ललितकला केन्द्रीय विभाग कमजोर छन् । निजी कला प्रतिष्ठान मुठ्ठीभरका कलाकार बोकी बसेका छन् । समर्पित कला–समीक्षकको अभाव उस्तै छ । अझै मौलिक भन्दै मल्लकालीन कलाकृति हेर्दै गर्व गर्छांै हामी । मल्लकालीन मन्दिर, दरबार, काष्ठकला, पौवाचित्रलाई देखाएर यही हो नेपाली मौलिक कलाकृति भनिरहेका छौ“ ! तिनकै संरक्षण र सम्वद्र्धन खोइ ? नेपाली कलालाई विश्वव्यापीकरण नगरी हुन्न । स्वदेशमै नेपाली कलाको संरक्षण छैन ।
यत्तिका सरकारी–अर्धसरकारी कार्यालय छन् । एकोटा कलाले कार्यालय सजाउने संस्कार विकास गर्न सके नेपाली मौलिक कला प्रवद्र्धनमा फाइदा पुग्न सक्छ । विदेशिएका प्राचीन कलाको स्वदेश फिर्ती, विश्वबजारसम्म कला बिक्रीको बढोत्तरीसँगै नेपाली कलालाई स्वदेशमै सजाउन आर्ट एक्टिभिजम किन नगर्ने ? स्वदेशमै आमजनताबीच अपरिचित कलाकार विदेशमा मात्रै प्रसिद्ध बन्नु सौभाग्य कि दुर्भाग्य हो ? कला सीमित सम्भ्रान्तको सो केसमा सजिने वस्तुमात्रै हो कि आम सबाल्टर्न वर्ग चेतनामैत्री सिर्जना पनि हुन् ? बजारमूल्यकै आधारमा कलाकारको मूल्यांकन गर्न मिल्ला कि नमिल्ला ? यी विषयमा बुद्धिविलास होइन, बौद्धिक बहस शृंखला आवश्यक छ ।

 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad