६ वैशाख २०८१ बिहीबार
अन्य

चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न सरकार परिवर्तनः संचारमन्त्री

भक्तपुर–सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले सरकार बिघटन गर्न खोजिएको आरोप लगाएका छन्। रफत सञ्चार क्लबकले बिहीबार भक्तपुरमा गरेको साक्षत्कारमा उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपालको कायापलट हुने डरले सरकार बिघटन गरेको आरोप लगाए।

उनले नयाँ गठबन्धन नेपाल र नेपालीको हितमा नभएको दाबी गरे। सभामुखले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भएता पनि उनको भूमिका निश्पक्ष नरहेको उनको दाबी थियो।  सभामुख निष्पक्ष नहुँंदा राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको उनको ठम्याइ थियो ।  

सरकारले ल्याएको नीति र कार्यक्रम अब बन्ने सरकारले जस्ताको त्यस्तै कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्री राईले नीति तथा कार्यक्रम २ करोड ८० लाख नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।
उनले नेपाली काँग्रेस र माओबादी केन्द्रबीच भएको सम्झौता आफ्नो इच्छाले भन्दा पनि बाहिरी प्रभावमा बनेको दाबी गरे।

 

प्रकाशित: ६ श्रावण २०७३ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App