सिंहदरबारको अधिकार गाउँमा

सोमबार, १२ असार २०७४, १० : ०६ ध्रुव दंगाल

नवलपुर (सिन्धुपाल्चोक)- इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ मंगलबार निकै बेफुर्सदिला देखिन्थें। स्थानीयलाई सरल र सहज ढंगले गाउँपालिकाबाट सेवा दिन बिहानैदेखि खटिएका थिए उनी। प्राथमिकताका आधारमा 'फास्ट ट्रयाक’ बाट काम गर्न उनी बारम्बार वडाध्यक्ष र सचिवलाई सुझाउने मात्र नभएर सेवाग्राहीको भीड व्यवस्थापन गर्न आफैं अघि सरेका थिए।

नागरिकता प्रमाणपत्र सिफारिस, विवाह, जन्म, मृत्युदर्ता प्रमाणपत्र र अन्य कागजात प्रमाणीकरण गर्न वडाध्यक्षहरू व्यस्त थिए। एकैथलो केन्द्रस्थित कार्यालयबाट कृषि, पशु, स्वास्थ्य, नागरिकता, जेष्ठ नागरिक प्रमाणपत्र र अपांग परिचयपत्र वितरण भइरहेकाले गाउँपालिका अध्यक्ष वंशलाल तामाङलाई चाँजोपाँजो  मिलाउन भ्याइ नभ्याइ थियो।

 गाउँपालिकाको केन्द्र नवलपुरमा सेवा लिन आएका स्थानीयको चहलपहल अरू दिनभन्दा बाक्लै थियो। नागरिकता प्रमाणपत्र सिफारिस, विवाह, जन्म, मृत्युदर्ता प्रमाणपत्र र अन्य कागजात प्रमाणीकरण गर्न वडाध्यक्षहरू व्यस्त थिए। एकैथलो केन्द्रस्थित कार्यालयबाट कृषि, पशु, स्वास्थ्य, नागरिकता, जेष्ठ नागरिक प्रमाणपत्र र अपांग परिचयपत्र वितरण भइरहेकाले गाउँपालिका अध्यक्ष तामाङलाई चाँजोपाँजो  मिलाउन भ्याइ नभ्याइ हुने नै भयो।

 स्थानीयलाई घरदैलोमै सरकारी सेवा दिन मंगलबार यहाँ सञ्चालित एकीकृत घुम्ती शिविरले 'सिंहदरबारको अधिकार गाउँमा आएको’ झल्को दिन्थ्यो। साबिकका सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाँडेगाउँ, सिपापोखरे, भीमटार र भोटसिपा गाविस मिलेर बनेको यो गाउँपालिकामा स्थानीय तहको निर्वाचनपछि पहिलो पटक घुम्ती शिविर आयोजना गरिएको हो। 'परिवर्तित संरचनामा स्थानीय तहको निर्वाचनपछि स्थानीयलाई सिंहदरबारको अधिकार गाउँमै आएको अनुभूति दिलाउन शिविर चलाइएको हो,’ गाउँपालिका अध्यक्ष तामाङले नागरिकसँग भने। सिंहदरबारको अधिकार गाउँमा पुगेको भनिए पनि आवश्यक कानुन नबन्दा के, कस्ता अधिकार प्रयोग गर्ने भन्ने अन्योल जनप्रतिनिधिमा रहेको उनको गुनासो थियो। अमेरिकी ग्रिनकार्ड त्यागेर अध्यक्ष जितेका उनले थपे, 'गाउँबाट के, कस्ता सेवा उपलब्ध हुने भन्ने चासो गाउँलेमा थियो। शिविरले उनीहरूका जिज्ञासालाई केही सम्बोधन गरेको छ।’

 स्थानीय तहको निर्वाचनपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मुलुकमै पहिलो पटक सञ्चालित शिविरमा सेवा दिन निकट भविष्यमा गाउँ जाने भनिएका अधिकांश सरकारी निकायको उपस्थिति थियो। शिविरबाट जिल्ला प्रशासन, महिला तथा बालबालिका, पशु, कृषि, स्वास्थ्य कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्रदान हुने सेवा एकैथलोबाट प्रदान गरिएको थियो।

 स्थानीय प्रशासनका अनुसार शिविरमा ३ सय २ जनाले नागरिता प्रमाणपत्र बनाए। बालीनाली, माटो परीक्षण र भूगोल सुहाउँदो बिउबिजनसहित १ सय ५० कृषकले कृषि सेवा लिए। १ सय ३० स्थानीयका पशुचौपायाको स्वास्थ्य परीक्षण गर्दै औषधि वितरण गरियो। चिकित्सक टोलीले ४ सय स्थानीयको विभिन्न रोगको स्वास्थ्य परीक्षण गर्दै औषधि बाँडेको थियो। ४४ वृद्धवृद्धालाई जेष्ठ नागरिक प्रमाणपत्र दिएको महिला तथा बालबालिका कार्यालयले शारीरिक रूपमा अशक्त ३० लाई अपांग परिचयपत्र प्रदान गर्‍यो।

 उच्च शिक्षा अध्ययनका लागि गाउँ छाड्नुअघि माध्यमिक शिक्षा परीक्षामा सहभागी विद्यार्थी, वृद्धवृद्धा र अशक्तले शिविरबाट ठूलो लाभ लिए। प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले स्थानीयमा सिंहदरबारको अधिकारी गाउँमा आएको आभास दिलाउन र जनप्रतिनिधिलाई त्यसको अभ्यास गराउन शिविर सफल भएको बताए। 'स्थानीय तह सञ्चालनका लागि आवश्यक कानुन नबनुन्जेल र विकासे कार्यालय गाउँ पुगुन्जेल गाउँलेलाई सिंहदरबारको अधिकारी गाउँ आएको अनुभव दिलाउन यस्ता शिविर चलाइरहन्छौं,’ उनले भने।

 तामाङ समुदाय बाहुल्य हिमाली गाउँ सिम्पालकाभ्रेदेखि माझी, दनुवारको बसोबास रहेको इन्द्रावती नदी किनारसम्म फैलिएको यो गाउँपालिका जिल्लाको मध्यक्षेत्रमा रहे पनि पूर्वाधार विकास र सहज सरकारी सेवा प्रवाहको पहुँचबाट अझै टाढा छ। सिपापोखरे र भीमटारका बासिन्दा सरकारी सेवा लिन एक दिन लगाएर काभ्रे हुँदै दोलालघाट घुमेर सदरमुकाम पुग्न बाध्य छन्।

 हिमाली गाउँ सिम्पालकाभ्रेवासी झन् धेरै सास्ती खेप्दै आइरहेका छन्। समय र खर्चले चौतारा पुगेर पाउने सेवा उनीहरूका लागि महंगो बन्दै आएको छ। 'गाउँबाटै सबै सरकारी सेवा पाउने दिन छिट्टै आउनुपर्छ,’ शिविरमा दुई अशक्त छोरा कमलबहादुर र प्रितमबहादुरको अपांग परिचयपत्र बनाएका सिम्पालकाभ्रेका वीरबहादुर मगरले भने।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad