शीर्ष नेता र सभामुखबीच छलफल टुंगाेमा पुगेन, १ बजे फेरि बस्ने

बिहिबार, ०६ साउन २०७३, १० : ३४ नागरिक

0


काठमाडौं–सहमतिको अन्तिम प्रयास स्वरुप सभामुख ओनसरी घर्ती र प्रमुख तीन दलका शीर्ष नेताको बैठक  निष्कर्षमा नपुगी स्थगित भएकाे छ।  करिव डेढ घन्टा लामाे बैठकमा विभिन्न विकल्पमा छलफल भएपनि  निष्कर्षमा पुग्न नसकेकाे हाे। शीर्ष नेता र सभामुखबीच दिउँसाे १ बजे फेरि बैठक बस्ने सहमति भएकाे सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

बैठक सकारातमक भएकाले फेरि बस्नेगरी स्थगित भएकाे उनले जनाए। बैठकमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताको उपस्थिति रहेको थियाे। सत्तारुढ गठबन्धनले यसअघि कार्यसूचिमा रहेको आश्रित विधेयकलाई सभामुखले कार्यसूचिबाट हटाएर अविश्वास प्रस्तावमाथि छलफलका लागि समय तोकेपछि दलहरुबीच विवाद भएको छ।

सत्तारुढ गठबन्धन जसरी पनि आश्रित विधेयक पहिला पारित हुनुपर्ने अडानमा छन् भने कांग्रेस–माओवादी अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने अडानमा छन्। एमालेले आश्रित विधेयकमाथि छलफल नगराए संसद अबरुद्ध पार्ने बताइसकेको छ। दलहरुबीच सहमति नभएपछि सभामुखले सहमतिको प्रयासस्वरुप बैठक बोलाएकी हुन्। दलहरुबीच सहमति नभए अविश्वस प्रस्तावमाथिको छलफललाई अगाडि बढाउने सभामुखको तयारी छ।

 






यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon