४ वैशाख २०८१ मंगलबार
प्रविधि

फेसबुकबाट बलात्कारदेखि हत्यासम्मको लाइभ भिडियो

लाइभ भिडियोमार्फत युरो कप २०१६ मा आक्रमण गर्ने चेतावनी दिएपछि फेसबुकले आतंककारी ठानिएका एक व्यक्तिको एकाउन्ट बन्द गरिदिएको छ। फेसबुकले सो भिडियो पनि हटाइदिएको छ। पेरिसका एक अधिवक्ता फ्रान्कोइस मोलिन्सले ती व्यक्ति पहिचान गरेका थिए।

लारोसिस अब्बाला, २५ ले सोमबार राति फ्रान्सका एक प्रहरी र उनको एक साथीको पेरिसभन्दा ३५ माइल बाहिर हत्या गरेका थिए।

अब्बालाले त्यसपछि जेसिका स्नाइडर नाम गरेकी एक महिलाको हत्या गरेको र पीडितको घरबाट फेसबुकमा प्रत्यक्ष भिडियो प्रशारण गरेका थिए। प्रहरीका अनुसार उनले त्यहाँबाट कब्जामा लिएका दुई बालबालिका के गर्ने भनेर फेसबुकबाटै छलफल समेत चलाएका थिए।

सो घटनाबारे थाहा पाएर प्रहरीले घरमा छापा मार्दा अब्बालाको प्रहरी करबाहीमा मृत्यु भएको थियो। उक्त घटनामा अभियुक्तले कब्जामा लिएका बालबालिका सकुशल छन् । उनका अनुसार पत्रकार सम्मेलनमा अभियुत्तले अधिकारीहरुलाई आफू इस्लामिक स्टेटप्रति बफादार रहेको बताएका थिए।

आइएसद्वारा भिडियो भाइरल पार्ने चेतावनी
यता इस्लामिक स्टेटले अब्बालाको भिडियो शेयर गर्दै जिहादी सञ्जालमा पोष्ट गर्ने उल्लेख गरेको छ। त्यसलाई विश्वव्यापी रुपमा भाइरल पार्ने जनाएको छ। गत नोवेम्बरमा इस्लामिक स्टेटले पेरिसमा १३० जनाको ज्यान जानेगरी आतंककारी हमला गरेको थियो। त्यसपछि फ्रान्समासंकटकाल घोषणा गरिएको थियो । पेरिसको सो हमलापछि भएको यो दोस्रो आतंककारी घटना हो।

इस्लामिक स्टेटले भ्रम फैलाउन र समूह विस्तार गर्न झन्डै १.६५ विलियन फेसबुक प्रयोगकर्ता र ३१० मिलियन वििटर प्रयोगकर्ताको प्रयोग गर्दै आइरहेको छ।

फेसबुक प्रवक्ताले विज्ञप्ति मार्फत आफुहरु फ्रान्सका अधिकारीहरुसँग आतंककारी घटना निष्तेज पार्न सहकार्य गरिरहेको बताएका छन्। फेसबुकमा आतंककारी र आतंककारी हमला गर्नेका लागि कुनै स्थान नभएको भन्दै उनले आतंककारीसम्बन्धी सामाग्री आफुहरुलाई रिपोर्ट गरिए त्यस्ता सामग्री चाँडोभन्दा चाँडो डिलिट गरिदिने उनले बताए।

बलात्कारको प्रत्यक्ष भिडियो
प्रत्यक्ष भिडियो भनेको सूचना,अर्थ र मनोरन्जन आदानप्रदान गर्ने माध्यम हो। इन्टरनेट सेवामा भिडियो एक बढ्दै गरेको महत्वपूर्ण माध्यम भएको र प्रयोगकर्ताहरुलाई आर्कषित, विज्ञापन र डाटा संकलनका लागि यसको प्रयोग भइरहेको छ। प्रत्यक्ष भिडियो अहिले फेसबुक ट्वििटर र युट्युव जस्ता सामाजिक सञ्जालहरुको आकर्षक एपको रुपमा रहेका छन्। आइएस कार्यकर्ता अब्बालाको यस घटनाले प्रत्यक्ष भिडियो टेक्नोलोजी प्रयोग गर्ने विषेश गरी सामाजीक सञ्जालको लागि चुनौती दिएको छ।

यस्ता घटनामा फेसबुक मात्र एक्लो छैन। गत अफ्रिलमा एक १८ वर्षीय केटीलाई आफ्नो एक साथीको बलात्कारको भिडियो परिस्कोपमा प्रत्यक्ष प्रसारण गरेको भन्दै जरिवाना गरिएको थियो। त्यस्तै मे महिनामा एक फ्रान्सेली महिलाले आफैँले आत्महत्या गर्न लागेको भिडियो रेकर्ड गरेकी थिइन्।

'सामाजिक सञ्जाल हिंसा घटाउन प्रयोग गरौं'

फेसबुक, ट्विटर र युट्युबका नीति दंगा फैलाउने, आतंक फैलाउने कार्यविरुद्ध छन्। यद्धपि उनीहरु प्रयोगकर्ताले रिपोर्ट गरेका सामाग्रीहरु हटाउन २४ घण्टा भित्र ती सामाग्रीहरुको पुनःनिरीक्षण गर्दछन्। प्रत्यक्ष भिडियो प्रसारणाले इन्टरनेट सेवा प्रदायकहरुलाई अति नै दवाबमा पारिरहेको छ किन भने यस्ता घटनाले धेरैको ध्यान तानिरहेका हुन्छन्।

फेसबुकले आफ्नो प्रत्यक्ष प्रशारण सामाग्रीहरु निरीक्षण गर्न दैनिक २४ घण्टा कर्मचारीहरु राखेर सेवा विस्तार गर्न लागेको जनाएको छ। उसले यस्ता प्रसारणलाई भाइरल हुनुपुर्व नै निरीक्षण गरिने र यसलाई वर्गीकरण गरिने पनि बताएको छ।

फेसबुकका सिइओ मार्क जुकेरबर्गले आफ्नो प्रथम प्रत्यक्ष भिडियोमा प्रयोगकर्ताका जिज्ञाशा सुनेका थिए। यस अघि उनले ओरल्यान्डको समलैङ्गिक रात्री क्लमा आतंककारी हमला भन्दै पीडितहरुप्रति समवेदना व्यक्त गरेका थिए। उनले फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग हिंसा घटाउन र विश्वलाई सुरक्षित राख्न प्रयोग गरिनु पर्ने पनि उल्लेख गरेका थिए। ४९ जनाको ज्यान गएको सो घटनाको जिम्मेवारी पनि स्लामिक स्टेटले लिएको थियो।

सो हमलापछि फेसबुकले अमेरिकामा सेफ्टी चेक नामक फिचर पहिलो पटक प्रयोगमा ल्याएको छ। सो एपले प्रयोगकर्तालाई आफू संकटमा वा प्राकृतिक जोखिममा परेमा आफ्ना साथी परिवारहरुलाईसुरक्षित रहेको भन्ने जानकारी दिन सहयोग गर्छ।

सन् २०१६ को सुरुमा आइएसल समर्थकहरुले एउटा भिडियो प्रसारण गर्दै आतंक फेैलाउने सामाग्री हटाएको भन्दै जुकम्बर्ग र ट्विटर सिइओलाई धम्की दिएका थिए। ट्विटरले ६ महिनाको समय भित्र आइएस सम्बद्ध एक लाख २५ हजार अकाउन्ट रद्द गरिदिएको थियो।

प्रकाशित: ४ असार २०७३ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App