coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल-चीन रणनीतिक साझेदारी

काठमाडौं- नेपाल–चीन गैरसरकारी सहयोग मञ्चको १३औं बैठकमा रणनीतिक साझेदारी गर्ने र आपसी सहकार्य गर्नेसम्बधी सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, चाइना चेम्बर अफ टुरिजम र ग्लोबल टुरिजम इकोनोमी रिसर्च सेन्टरबीच चीनमा सम्पन्न त्रिपक्षीय सम्झौतामा नेपालको तर्फबाट महासंघका अध्यक्ष पश¬पति म¬रारकाले हस्ताक्षर गरेका ह¬न्।

उक्त बैठकमा चीनका लागि कार्यबाहक नेपाली राजदूत हरिशचन्द्र घिमिरे र चीनको तर्फबाट अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ऐन क्वी तथा दुवै देशका महासंघका पदाधिकारी एवं उद्यमी व्यवसायीको सहभागिता रहेको जानकारी दिएको छ।

त्यस्तै सम्झौतापत्रमा चाइना चेम्बर अफ टुरिज्मका तर्फबाट अध्यक्ष वाङ पिङर र ग्लोबल टुरिजम इकोनोमी रिसर्च सेन्टरका कार्यकारी निर्देशक जाओसन वाङले हस्ताक्षर गरेका थिए।

त्यस्तै नेपाल–चीन सांस्कृतिक आदानप्रदानमा सहकार्य गर्न सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा नेपाल साइक्लिङ एसोसिएसनका तर्फबाट प्रथम उपाध्यक्ष गोपाल सुन्दरलाल कक्षपति र चाइना चेम्बर अफ टुरिजमका उपाध्यक्ष नीमा झाचीले हस्ताक्षर गरेका ह¬न्।

यता निर्माण सामग्रीका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दजु लोजिस्टिक्स चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच एक रणनीतिक साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौैतापत्रमा महासंघका उपाध्यक्ष शेखर गोल्छा र दजु लोजिस्टिक्स चेम्बरका उपाध्यक्ष ली चीङले हस्ताक्षर गरे।

उक्त अवसरमा सामानान्तर रुपमा व्यावसायिक छलफल ह¬ँदै पर्यटन व्यवसाय, नविनतम ऊर्जा र हार्डवेयर तथा निर्माण सामग्री सम्बन्धी दुवै देशका व्यवसायीबीच छुट्टाछुट्टै छलफल तथा आपसी व्यावसायिक भेटवार्ता समेत भएको थियो। प्रत्येक दुई वर्षमा आयोजना हुने मञ्चको बैठक नेपाल तथा चीनमा पालैपालो आयोजना हुँदै आएको छ। उक्त बैठक यसअघि महासंघको आयोजनामा नेपालमा भएको थियो।

महासंघको प्रतिनिधिमण्डलका सदस्यमा महासंघका उपाध्यक्ष शेखर गोल्छा, महासंघको ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, अन्तर्राष्ट्रिय एवं गैरआवासीय नेपाली लगानी प्रवर्द्धन समितिका सभापति चन्द्रप्रसाद ढकाल, महासंघको इनर्जी इफिसेन्सी एन्ड इन्भायरोमेन्ट फोरमका सह–संयोजक एवं नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष रामबहादुर श्रेष्ठ, महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ लगायत बैठकमा सहभागी भएका छन्।

महासंघको प्रतिनिधिमण्डलमा निर्माण, कृषि, पर्यटन, बैंकिङ, उर्जा, कला संस्कृति आदि क्षेत्रको प्रतिनिधित्व रहेको छ। बैठकमा चिनियाँ पक्षबाट पनि उर्जा, पर्यटन, कृषि, पूर्वाधार निर्माण लगायत क्षेत्रका व्यवसायीको सहभागिता थियो।

नेपाल चीन गैरसरकारी सहयोग मञ्च, नेपाल र चीनबीच निजी क्षेत्रका तर्फबाट व्यापार तथा लगानी अभिवृद्धि र सास्कृतिक आदान प्रदान गर्ने मुख्य उद्देश्यले सन् १९९६ मा दुवै देशका निजी क्षेत्रका छाता संस्थाको पहलमा स्थापित मञ्च हो।

मञ्चका माध्यमबाट नेपाल चीन अध्ययन केन्द्रको स्थापना, सूचना आदान प्रदान, व्यापार तथा लगानी सम्बन्धी व्यापार मेला महोत्सवको आयोजना, नेपालमा विशेष गरी रेस्टुरेन्ट क्षेत्रमा लगानी आकर्षण गर्न सहज ह¬ने अपेक्षा रहेको जनाइएको छ।  नेपालको उर्जा तथा कृषि क्षेत्रमा लगानी सम्भाव्यता अध्ययन तथा लगानी आकर्षण, नेपाल चिनियाँ पर्यटकका लागि प्रमुख गन्तव्यको रुपमा अनुबन्ध गर्न, औद्योगिक व्यवसायिक ऐन पनि सहज ह¬ने जारी विज्ञप्तिमा उल्लेख छ।

यता मञ्चको गठनले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनको चिनियाँ भाषामा रुपान्तरण गर्न, नेपालमा चिनियाँ बैंकको शाखा ल्याउन, हवाई सम्पर्क विस्तार गर्न, चिनियाँ मुद्रा नेपालमा सटहीको सुविधामा सहज भएको समेत प्रष्ट पारिएको छ।

प्रकाशित: ६ श्रावण २०७३ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App