८ वैशाख २०८१ शनिबार
राजनीति

मतदाता परिचयपत्र वितरण आइतबारदेखि

काठमाडौं- निर्वाचन आयोगले बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ।

दोस्रो चरणअन्तर्गत निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका मतदातालाई आइतबार, सोमबार र मंगलबार परिचयपत्र वितरण गर्ने भएको हो। यसअघि गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा पनि मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको थियो।

आयोगले दोस्रो चरणको चुनावमा मतदान गर्न पाउने ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका परिचयपत्र सम्बन्धित जिल्लामा पठाइसकेको छ।

आयोगले दोस्रो चरणको चुनावमा मतदान गर्न पाउने ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका परिचयपत्र सम्बन्धित जिल्लामा पठाइसकेको छ। आयोगका सचिव गोपीनाथ मैनालीले शनिबार साँझसम्म ८ हजार ३ सय ६४ मतदान केन्द्रमा मतदाता परिचयपत्र पुगिसक्ने बताए। 'असार १० गते साँझसम्म मतदाता परिचयपत्र सम्बन्धित मतदान केन्द्रमा पुगिसक्छ,' मैनालीले नागरिकसँग भने, 'आइतबार, सोमबार र मंगलबार मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण हुनेछ।'

आयोगले मतदाता परिचयपत्रबिना मतदान गर्न नपाइने जनाएको छ। आयोग सचिव मैनालीले मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य भएको बताए। उनका अनुसार आफ्नो मतदाता परिचयपत्र लिन मतदाता स्वयं मतदान केन्द्र/स्थल पुग्नुपर्नेछ। आफू पुग्न नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा दिएर पठाउन सकिनेछ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि विशेष सुरक्षा 'फिचर' रहेको तस्बिरसहितको मतदाता परिचयपत्र तयार पारिसकेको छ। आयोगका अनुसार सुरक्षाका हिसाबले मतदाता परिचयपत्रमा मायड प्यान्टोग्राफ, माइक्रो टेस्ट, वाटरमार्क र प्रमाणीकरण गर्न सकिने क्युआर कोड राखेको फोटोसहित मतदाताको विस्तृत विवरण राखिएको छ । कागजमा छपाइ गरिएको परिचयपत्र लेमिनेसन गरिएको छ। केही वर्षपछि राष्ट्रिय परिचयपत्र बाँड्ने तयारी सरकारले गरिरहेकाले केही वर्ष टिक्ने गरी विशेष सुरक्षा फिचरसमेत राखेर मतदाता परिचयपत्र छापिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार मतपत्र, मतदाता परिचयपत्र, मतदाता नामावली, मतपेटिकालगायत निर्वाचनका लागि आवश्यक सामग्री शनिबारसम्म मतदान केन्द्रमा पुर्‍याइसकिनेछ। आयोगले दुर्गम ठाउँमा हेलिकोप्टर र अन्यत्र गाडीमार्फत मतदान सामग्री सम्बन्धित ठाउँमा पठाउने तयारी भएको जनाएको छ।

३७ जना निर्विरोध

दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका वडाध्यक्षसहित ३७ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ। आयोगका अनुसार प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर ५ मा १२ र प्रदेश नम्बर ७ मा १४ जना निर्विरोध निर्वाचिन भएका छन्। यिनमा एमाले र कांग्रेसका बराबर छन्। आयोगका अनुसार एमालेका १४, कांग्रेसका १४ र माओवादीका ९ जना निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित भएकामध्ये २४ जना दलीत तर्फका महिला सदस्य रहेको आयोगले जनाएको छ।

प्रकाशित: ९ असार २०७४ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App