सोफियालाई पाँच स्वर्ण

बिहिबार, ०६ साउन २०७३, ०९ : २८ नागरिक

काठमाडौं- रियो ओलम्पिक खेल्ने तयारीमा रहेका शिरीष गुरुङले २१ औं राष्ट्रिय खुला तथा अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा अन्तिम दिन बुधबारदुई राष्ट्रिय कीर्तिमान बनाएका छन्। शिरीषले कीर्तिमान बनाएको दिन उनकै साथी सोफिया शाहले ५ स्वर्ण पदक जितिन्।

शिरीषले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा ब्याकस्ट्रोकको १०० मिटर र ५० मिटरमाकीर्तिमान बनाएका थिए। उनले अघिल्लो दिन१०० मिटर फ्रिस्टायल, २०० मिटर व्यक्तिगत मिड्ले, १०० मिटर बटरफ्लाई र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेका थिए। तर कीर्तिमान भने बनाउन सकेका थिएनन्।

शिरीषले आफ्नै नामको कीर्तिमानमा सुधार गरेका हुन्। राष्ट्रिय कीर्तिमानमा वर्चस्व राख्दै आएकाशिरीषले१०० मिटर ब्याकस्ट्रोक १ मिनेट १२ सेकेन्डमा पूरा गरेका थिए। यसअघि उनले सन् २०१५ मा काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय पौडी च्याम्पियनसिपमा १ मिनेट १२.०९ सेकेन्डको कीर्तिमान राखेका थिए।

शिरीषले ५० मिटर बेस्टस्ट्रोकमा ३२.६२ सेकेन्डको कीर्तिमान सुधार्दै ३१.९८ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेका थिए। ओलम्पिकछात्रवृत्तिमा थाइल्यान्डमा प्रशिक्षण गरेर फर्किएका शिरीषसँग लन्डनमा रहेकी गौरिका सिंह वाइल्ड कार्डमार्फत रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दै छन्।

गौरिकाले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा १ रजत र ३ कांस्य पदक जितेकी थिइन्। व्यक्तिगततर्फ नेपाली पौडीमा पदक जित्ने १३ वर्षीया गौरिका पहिलो खेलाडी हुन्।

शिरीषले बुधबार २०० मिटर फ्रिस्टायल र ५० मिटर फ्रिस्टायलमा पनि स्वर्ण पदक जितेका थिए। उनले २ मिनेट १७ सेकेन्डमा २०० मिटर पूरा गर्दै स्वर्ण जित्दा २६.५६ सेकेन्डबाट ५० मिटरको दुरी पार गरेका थिए ।

सोफियाले २०० मिटर महिला व्यक्तिगत मिड्लेमा स्वर्ण जित्दा ३ मिनेट ००.४१ सेकेन्ड लगाइन्। लिंकन स्कुलकी सोफियाले१०० मिटर ब्याकस्ट्रोक, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर फ्रिस्टायल र १०० मिटर बटरफ्लाईमा स्वर्ण जितिन्।

उनले १०० मिटर ब्याकस्ट्रोकको स्वर्ण जित्दा १ मिनेट २१.०४ सेकेन्ड लगाइन्। ५० मिटर ब्याकस्ट्रोक ३६.४४ सेकेन्ड र १०० मिटर बटरफ्लाई १ मिनेट २३.८७ सेकेन्डमा पूरा गरेकी थिइन्।

यसैगरी यु–१० गर्ल्सको ५० मिटर ब्याकस्ट्रोक ४३.८१ सेकेन्डमा पूरा गर्दै डुअना लामाले स्वर्ण जितिन्। सोही इभेन्टको ब्वाइजमा नासिर हुसैनले ४०.८७ सेकेन्डबाट स्वर्ण जिते।

यु–१२ गर्ल्स ५० मिटर ब्याकस्ट्रोकमा समिरा निर्सागाले ४६.५३ सेकेन्डबाट स्वर्ण जितिन्। २०० मिटर बेस्टस्ट्रोकमा किरण कार्कीले स्वर्ण जितेका थिए। उनले २ मिनेट ४८.३४ सेकेन्डमा दुरी पार गर्दैस्वर्ण जितेका थिए। किरणले १०० मिटर बेस्टस्ट्रोकमा पनि आफ्नो प्रभुत्व राख्दै स्वर्ण जितेका थिए। उनले उक्त इभेन्ट १ मिनेट १५.३४ सेकेन्डमा पूरा गरेका थिए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad