coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सेयर ब्रोकरको कमिशन घट्यो, लगानीकर्तालाई फाइदा

काठमाडौं— सेयर कारोबारमा ब्रोकरका लागि तिर्नुपर्ने शुल्क ४० प्रतिशतले घटेको छ। सेयर कारोबार लागत घट्दा लगानीकर्तालाई फाइदा हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले गरेको प्रस्तावमा केही थपेर अर्थमन्त्रालयले कमिशन कटौति गर्ने निर्णय गरेको छ। धितोपत्र व्यवसायी नियमावली संशोधन गरेर कमिशन कटौंति गरिएको हो।

बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले आठ बर्ष अघि २०६४ सालमा ब्रोकरको कमिशन ५० प्रतिशतले कटौति गरेको बताए। ‘त्यसपछि बुधबार ४० प्रतिशतले कटौती गरिएको हो,’ उनले भने, ‘यसले लगानीकर्तालाई फाइदा पुग्ने छ।’

नेपालका सेयर ब्रोकरले दक्षिण एसियामै सबैभन्दा बढी कमिशन असुल्दै अाएका थिए।  ‘अझै पनि कमिशन बढी नै हो,’ अध्यक्ष कार्कीले भने । कारोबार रकम बढी हुन थालेपछि ब्रोकरलाई कमिशन कम नहुने उनको तर्क छ।

अब लगानीकर्ताले अधिकतम ०.६० प्रतिशतका दरले ब्रोकर कमिशन तिर्नुपर्छ। ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०.६० प्रतिशतका दरले कमिशन तिर्नुपर्छ । त्यस्तै  ५० हजार भन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०.५५ प्रतिशत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ०.५० प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेले ०.४५ प्रतिशत र एक करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्नेले ०.४० प्रतिशतका दरले कमिशन तिर्नु पर्ने छ।

नेपालका सेयर ब्रोकरले दक्षिण एसियामै सबैभन्दा बढी कमिशन असुल्दै अाएका थिए।  ‘अझै पनि कमिशन बढी नै हो,’ अध्यक्ष कार्कीले भने । कारोबार रकम बढी हुन थालेपछि ब्रोकरलाई कमिशन कम नहुने उनको तर्क छ।

स्टक एक्सचेन्जले यो नयाँ कमिशन दर लागु गर्नेछ । स्टकलाई यथासिघ्र लागु गर्न नियमनकारी निकाय बोर्डले निर्देशन दिएको छ । नयाँ व्यवस्थामा साना लगानीकर्तालाई बढी र ठूला लगानीकर्तालाई कम दरमा कमिशन लाग्ने भएको छ । सानाले ०.६० प्रतिशत र ठूलाले ०.४० प्रतिशत कमिशन तिर्नुपर्छ ।

नयाँ कमिशन दर अनुसार औसतमा ब्रोकरको कमिशन ४० प्रतिशतसम्म घट्न सक्छ । सेयर कारोबार रकम निकै उच्च भएकोले ब्रोकर कम्पनीहरुलाई खास असर नपर्ने विश्लेषण बोर्डको छ ।

ब्रोकर कमिशनसँगै नेपाल स्टक एक्सचेन्जकोे आम्दानी पनि घट्ने छ । नयाँ व्यवस्था अनुसार नेप्सेले कुल ब्रोकर कमिशनको २० प्रतिशत पाउँछ । यस अघि २५ प्रतिशत पाउने व्यवस्था थियो ।

 ब्रोकरकै कमिशन घट्ने भएपछि नेप्सेको आम्दानीमा असर देखिने भएको हो । नयाँ प्रावधान अनुसार नेप्सेले पाउने कमिशनमा करिब ५० प्रतिशतसम्म घट्न सक्छ । नेप्से सरकारी स्वामित्वको कम्पनी हो ।

धितोपत्र बोर्डलाई ब्रोकरले ०.६ प्रतिशतका दरले शुल्क बुझाउनु पर्ने नयाँ व्यवस्था गरिएको छ । यस अघि बोर्डलाई शुल्क तिर्नु पर्दैनथ्यो ।

प्रकाशित: ५ श्रावण २०७३ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App