coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपाद्वारा तीन स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी

भैरहवा— राजपा शीर्ष नेताहरुले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी निर्वाचनलाई नाटकको संज्ञा दिइरहँदा जिल्लाको दक्षिणी भेगमा स्थानीय तह उम्मेदवारका लागि सोही दलका कार्यकता उम्मेदवारी दर्ता गराउँदै थिए।

स्रोतका अनुसार स्वतन्त्र रुपमा मनोनयन पत्र दर्ता गराएका ती उम्मेदवारहरु रााष्ट्रिय जनता पार्टीका केन्द्रिय नेता शर्वेन्द्रनाथ शुक्ला निकटकहरु हुन्। उनीहरुलाई शुक्लाले उम्मेदवारी दर्ता गर्न लगाएको चर्चा छ।

जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा पर्ने ३ गाउँपालिका सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईको सम्पुर्ण पदमा स्वतन्त्र उम्मेदवारको रुपमा राजपाले मनोनयन दर्ता गराएको छ। साविकको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने यी गाँउहरु राजपाका नेता शर्वेन्द्रनाथ शुक्लाको पकड क्षेत्र मानिन्छन्। दोश्रो संविधान सभा चुनावमा शुक्लाले सोही क्षेत्रबाट भारी मतले जितेका थिए।

तीनवटै  गाउँपालिकाको ३७ वटै पदमा गरी ३ वटा गाउँपालिकामा १ सय ११ पदमा नेता शुक्लाका समर्थक कार्यकर्ताहरुले स्वतन्त्र उम्मेदवारको रुपमा रुपमा मनोनयन दर्ता गराएका हुन्।

सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदमा अशोक कुमार शुक्ला र उपाध्यक्ष पदमा कमालुद्दिन शेखसहित सबै पदमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। त्यस्तै मर्चवारीमाई गाउँपालिकाको अध्यक्ष पदमा राजकुमार सिंह र उपाध्यक्षमा जानकी प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। कोटहीमाई गाउँपालिकाको अध्यक्षपदमा बालकिशुन तिवारीले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्ष पदको नाम खुलेको छैन।

स्रोतका अनुसार स्वतन्त्र रुपमा मनोनयन पत्र दर्ता गराएका ती उम्मेदवारहरु रााष्ट्रिय जनता पार्टीका केन्द्रिय नेता शर्वेन्द्रनाथ शुक्ला निकटकहरु हुन्। उनीहरुलाई शुक्लाले उम्मेदवारी दर्ता गर्न लगाएको चर्चा छ।

सम्मरीमाई गाउँपालिकाका निर्वाचन अधिकृत कमल पन्थीले स्वतन्त्र उमेदवारको पृष्ठभूमि आफूलाई आधिकारिक रुपमा जानकारी नभएको बताउँदै सम्पूर्ण पदमा स्वतन्त्र उमेदवारी दर्ता भएको नागरिकन्युजलाई बताए।

यता राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आइतबारै भैरहवामा गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको जिज्ञासाको उत्तर दिदै आफ्नो पार्टी निर्वाचन भाग नलिने घोषणा गरेको कारण पार्टीको तर्फबाट कसैले उम्मेदवारी नदिएको दाबी गरे। राजपाका कुनै पनि नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्न लगाएको विषय आफूलाई जानकारी नभएको उनले दाबी गरे। उनले कसैले स्वतन्त्र रुपमा उम्मेदवारी दिँदैमा ती राजपा कार्यकर्ता नहुने उनको भनाइ थियो।

रुपन्देहीमा शान्तिपूर्ण उम्मेदवारी दर्ता
एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देहीमा आइतबार शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ताका लागि नेपाली काँग्रेस, एमाले, माओावदी केन्द्र, राप्रपा, जनमुक्ति पार्टीले आ–आफना उम्मेदवारहरुलाइ विभिन्न जातजाती, धर्म समुदायका भेषभुषा र संस्कृति झल्किने झाँकी र बाजागाजाको र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय पु¥याएका थिए।
 

प्रकाशित: ४ असार २०७४ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App