८ वैशाख २०८१ शनिबार
राजनीति

अविश्वासको प्रस्तावमै पहिला छलफल गर्नुपर्ने कांग्रेस–केन्द्रको दाबी

काठमाडौं– नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदको बिहीबारको बैठकमा अविश्वासको प्रस्तावमाथि नै छलफल हुनुपर्ने अडान दोहोर्याएका छन्।

कांग्रेस संसदीय दलको कार्यालयमा बसेको दुई दलको बैठकले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचिसहित सभामुखले रुलिङ गरिसकेको भन्दै आर्थिक विधेयकमाथिको छलफल त्यसपछि मात्रै अघि बढाउनु पर्ने ठहर गरेकाे हो।

नेता रामचन्द्र पौडेलले भने बिहीबारको वैठकको कार्यसूचिमा अविश्वासको प्रस्ताव राखेर त्यसमै छलफल गर्नुपर्ने बताए। सभामुखले कार्यसूचिमा अविश्वासको प्रस्ताव राखिसकेको र संसदलाई रुलिङ गरिसकेको भन्दै नेता पौडेलेले यस्तो दाबी गरेका हुन्।

यसैबीच, एमाले संसदीय दलको बैठकले संसदमा पेश भइसकेको आर्थिक विधेयकमाथि छलफल नभई अविश्वासको प्रस्तावमाथिको छलफल अघि बढाउन नदिने निर्णय गरेको छ।

एमाले अध्यक्षसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले नै संसदमा पहिला प्रवेश पाएको आर्थिक विधेयकमै पहिला छलफल गर्नुपर्ने बताएका छन्।

 

प्रकाशित: ५ श्रावण २०७३ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App