मलेसियामा गाडी दुर्घटना, कम्पनीले उपचार नगर्दा घाइते नेपालीको बिजोग

बुधबार, ०५ साउन २०७३, १६ : ५५ कलेन्द्र सेजुवाल

नेपालगन्ज— ड्युटीमा जाँदै गर्दा कम्पनीको गाडी दुर्घटनामा परी घाइते भएका एक नेपाली मलेसियाको अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्। १० दिन बित्दासमेत कार्यरत कम्पनीले उपचारमा चासो नदिएको घाइतेका साथीको भनाइ छ।

१० जुलाई बिहान ७:३० बजे के–फोर्स सेक्युरिटी कम्पनीमा कार्यरत सागर श्रेष्ठ, कर्णबहादुर बिसीसहित पाँचजना सवार गाडी रुखमा ठोक्किएर दुर्घटना भएको थियो। तीमध्ये श्रेष्ठको अवस्था गम्भीर छ। नियमानुसार रोजगारदाता कम्पनीले उपचार गर्नुपर्ने भए पनि अहिलेसम्म कम्पनीले चासो नदिएको घाइते बिसीले बताए। ‘मलगायत अरु साथीहरु उपचारपछि विस्तारै सन्चो भइरहेका छौं,’ नागरिन्युजसँगको अनलाइन कुराकानीमा उनले भने, ‘सागरको अवस्था निकै नाजुक छ, कम्पनीले जिम्मेवारी नलिँदा अस्पतालले पनि उपचार गरेको छैन।’

सागरको अवस्था निकै नाजुक छ, कम्पनीले जिम्मेवारी नलिँदा अस्पतालले पनि उपचार गरेको छैन

श्रेष्ठहित पाँचैजना नेपाली मलेसियाको जोहरबहारुस्थित के  फोर्स कम्पनीमा सुरक्षागार्डमा कार्यरत छन्। कम्पनी सञ्चालक चिनियाँ नागरिक क्या एनजीलाई उपचारको लागि आग्रह गर्दा ‘आप्mनो जिम्मेवारी हैन’ भन्दै पन्छिएको बिसीले बताए। ‘नेपाली दुतावासमा हाम्रो कुरा कसैले सुन्दैन, अन्यत्र भन्ने ठाउँ छैन,’ उनले भने, ‘कम्पनीको गाडीमा र कम्पनीकै ड्रेसमा ड्युटीमा गइरहेको बेला दुर्घटना हुँदासमेत उपचार नभएपछि न्याय खोज्न कहाँ जाउँ ?’

घाइते पाँचमध्ये धनगढी घर भएका श्रेष्ठको एउटा खुट्टा अप्रेसन गरेर काट्नुपर्ने अवस्थामा छ भने सुर्खेतका बिसीको अनुहार र टाउकोमा चोट लागेको छ। पान्डन सुल्तान इस्माइल अस्पतालको ‘ए सेक्युरिटी’ बेडमा दुखाई कम गर्ने औषधी खाँदै ड्रेसिङ गर्ने गरिएको बिसीले बताए । उनका अनुसार कम्पनीले अप्रेसन पेपरमा सही नगरेको र पैसासमेत नदिएकोले खुट्टाको अप्रेसन भएको छैन।

करिब दुई वर्षअघि काठमाडौं, सुकेधारामा कार्यालय रहेको ह्वाइट पर्ल रेक्युरमेन्ट कम्पनीमार्पmत मलेसिया पुगेका उनीहरुले घटनालगत्तै कम्पनीका प्रतिनिधि दीलिप चौधरीसँग आवश्यक सहयोगको लागि सम्पर्क गरेका थिए। चौधरीले पनि कुनै चासो दिएनन् । ‘हामी कामदारको कुरा नसुने पनि कम्पनीका मालिक–मालिकबीच कुरा भइदिए कम्तिमा उपचार त होला भन्ने आशले गुहार माग्यौं,’ बिसीले भने, ‘उताबाट पनि हाम्रो कुराको सुनुवाई भएन, झन् यता परदेशमा हाम्रो पीडा कसले सुन्ने?’

तस्विरहरु सौजन्यः कर्णबहादुर बिसी









यसमा तपाईको मत

अन्य समाचार

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

गत पुसमा सुरु दी कलिस्डकोप– अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१८–२०१९ को विजेता घोषणा गरिएको छ । ...

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रम "Sing with Sushant" मा सुशान्त केसीसँगको संगीतमय साँँझले "Sing with Sushant" मा युवा र संगीत प्रेमीहरुको ठूलो...

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ। ...

Ncell Footer Ad