४ वैशाख २०८१ मंगलबार
खेल

अन्तरमहादेशीय कप : हुलदंगा मुख्य चुनौती

सोची- सेन्ट पिट्सबर्गमा शनिबार रुस र न्युजिल्यान्डबीचको खेलसँगै अन्तरमहादेशीय कप सुरु हुँदा आयोजक रुस गतवर्ष फ्रान्समा भएको युरोपियन च्याम्पियनसिपमा जस्तो दंगा नदोहोरियोस् भन्नेमा प्रतिबन्ध हुनेछ।

एक वर्षपछि विश्वकप आयोजना गर्ने तयारीमा रहेको रुसमा समर्थकहरु हुल्याहा र रंगभेदी व्यवहारका कारण प्रतियोगिता खल्लो नहुनेमा आयोजकसँगै सहभागि अन्य सात राष्ट्र आशावादी छन्।

सन् २०१७ को अन्तरमहादेशीय कप हेर्न समर्थकले आफ्नो विस्तृत विवरण बुझाउनु पर्नेछ। त्यसपछि उनीहरुले एक परिचय पत्र प्राप्त गर्नेछन्, जुन रंगशाला प्रवेशको समयमा अनिवार्य गरिएको छ।

शनिबार सुरु भएर  असार १८ (जुलाई २) सम्म चल्ने अन्तरमहादेशीय कपलाई विश्वकप आयोजनाको अभ्यासका रुपमा लिइन्छ।

‘रुस पूर्ण रुपमा सुरक्षित राष्ट्र हो र समर्थहहरुले पनि राम्रो व्यवहार देखाउनेछन्,’ रुसी फुटबल युनियनका प्रमूख एवं उप–प्रधानमन्त्री भिटेले मुट्कोले भने, ‘यहाँ खेलको मज्जा लिन आउने भ्रमणकारी दर्शकले पनि रुसको संस्कृती र परम्परालाई सम्मान गर्न आवश्यक छ। हाम्रो राष्ट्र खुला तथा सुरक्षित भएकोमा कसैले शंका गर्नु पर्दैन।’

अन्तरमहादेशीय कपको आसन्न संस्करणमा युरोपियन च्याम्पियनसिप २०१६ को विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सबै भन्दा नाम चलेका खेलाडी हुने छन्।

विश्व विजेता जर्मनी, पोर्चुगल र दक्षिण अमेरिकी च्याम्पियन चिलीलाई यस प्रतियोगिताको दाबेदार टोलीको रुपमा लिइएको छ।

समूह ‘ए’ मा आयोजक रुससहित पोर्चुगल, कन्काकाफ सन् २०१५ को विजेता मेक्सिको र सन् २०१६ को ओसियाना च्यम्पियन न्युजिल्यान्ड छन्। त्यस्तै समूह ‘बी’ मा जर्मनी, चिली, एसियन च्याम्पियन अस्ट्रेलिया र कप अफ नेसन्स्को विजेता क्यामरुन छन्।

गत महिना म्यानचेस्टरमा भएको आतंककारी बम हमलापछि प्रतियोगिताका खेल हुने मस्को, सोची, सेन्ट पिट्सबर्ग र काजानको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सन् २०१७ को अन्तरमहादेशीय कप हेर्न समर्थकले आफ्नो विस्तृत विवरण बुझाउनु पर्नेछ। त्यसपछि उनीहरुले एक परिचय पत्र प्राप्त गर्नेछन्, जुन रंगशाला प्रवेशको समयमा अनिवार्य गरिएको छ।

युरोपियन च्याम्पियनसिप २०१६ मा मार्सेमा समूह चरणको खेलअघि रुस र इङल्यान्डका समर्थकबीच झडप हुदा ३५ जना घाइते भएका थिए, जसमा अधिकांश इङलिस समर्थक थिए।

अन्तर्राष्ट्रिय फुटबलमा रुसी समर्थकहरु हुल्याहाका रुपमा परिचित छन्। त्यसैले रुसी समर्थकले अन्तरमहादेशीय कप र विश्वकप २०१८ मा अन्य राष्ट्रका समर्थक तथा खेलाडीप्रति कस्तो व्यवहार गर्छन् र कस्तो स्वागत गर्छन भन्ने अहिले सर्वत्र चासोको विषय बनेको छ।

प्रकाशित: ३ असार २०७४ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App