७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘डा.केसीको जीवन रक्षाबारे सरकारले के गरिरहेको छ?’

अनसनरत डा.गोविन्द केसी। तस्विरः केशव थोकर

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै १० दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्। स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई राष्ट्रपति भवन शीतल निवास बोलाएर उनले डा.केसीको अवस्थाबारे पछिल्लो अपडेट लिएकी हुन्।

त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका डा.केसीका स्वास्थ्य अवस्था खस्किँदै गएको समाचार आइरहेपछि त्यसपछि राष्ट्रपति भण्डारीको ध्यानाकर्षण भएको हो।

‘डा.केसीको जीवन रक्षाका लागि के गरिरहनु भएको छ भनेर राष्ट्रपतिले मन्त्री र सचिव समक्ष चासो राख्नुभयो। स्वास्थ्य अवस्था कस्तो छ?

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्री रामजनम चौधरी तथा डा.शेनेन्द्रराज उप्रेतीलाई बोलाएर केसीका माग र स्वास्थ्य अवस्थाबारे सोधीखोजी गरेकी हुन्। ‘डा.केसीको जीवन रक्षाका लागि के गरिरहनु भएको छ भनेर राष्ट्रपतिले मन्त्री र सचिव समक्ष चासो राख्नुभयो। स्वास्थ्य अवस्था कस्तो छ? भनेर चासो दिनुभयो’, शर्माले नागरिकन्युजसँग भने।

जवाफमा मन्त्री चौधरीले आफूहरुले डा.केसीलाई अनसन नबस्न पहिलै आग्रह गरेको राष्ट्रपतिलाई जानकारी गराएको बताएका थिए। उनले डा.केसीको स्वास्थ्य उपचार गर्ने सबै प्रबन्ध सरकारले मिलाइहेको भनेर राष्ट्रपतिलाई आश्वस्त पारेका थिए। 

‘हामीले अनसन बस्नुभन्दा अगाडि नै बोलाएर माग पूरा गर्छौं अनसन नबस्नोस् पनि भनेका थियौं तर उहाँले मान्नुभएन । केसीको उपचारका लागि सबै प्रबन्ध भइरहेको छ’, मन्त्री चौधरीले राष्ट्रपतिलाई सुनाए।

 

प्रकाशित: ५ श्रावण २०७३ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App