coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवा र चिनियाँ राजदूतबीच भेट

प्रधानमन्त्री देउवा (दायाँ) तथा चिनियाँ राजदूत। तस्विरः रासस

काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत यु होङबीच शुक्रबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री र राजदूत यूबीच भेटघाट भएको हो। भेटका अवसरमा दुई पक्षीय हित र सम्बन्ध सशक्त बनाउनेबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत यु होङबीच शुक्रबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री र राजदूत यूबीच भेटघाट भएको हो। भेटका अवसरमा दुई पक्षीय हित र सम्बन्ध सशक्त बनाउनेबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री देउवाले आजै भारतका राजदूत मञ्जिवसिंह पुरीसँग पनि भेटवार्ता गरेका छन्।

देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि दुवै राजदूतको यो पहिलो भेट हो। केही महिना अघि भारतमा भएको एउटा कार्यक्रममा दलाई लामाका निर्वासित सरकार प्रमुखसँग एउटै मञ्चमा बसेको घटना सार्वजनिक भएपछि चीनले आपत्ति जनाएको थियो। काँग्रेसले भने अाफ्नो एक चीन नीति कायमै रहेको उल्लेख गरेको थियो।

एकै दिन दुई देशका राजदूतलाई भेट गर्दै देउवाले छिमेकीसँग सन्तुलित सम्बन्धको सन्देश दिन चाहेको देखिएको छ।

प्रकाशित: २ असार २०७४ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App