coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीरगन्जमा दिनभर प्रदर्शन

वीरगन्ज- 'पहिले संशोधन, बादमें निर्वाचन' भन्दै संविधान संशोधन पहिलेे होस्, त्यसपछि मात्र निर्वाचन होस् भन्ने नारा लगाउँदै राष्ट्रिय जनता पार्टीका समर्थकहरू बिहीबार बिहानैदेखि घण्टाघर चोकमा टायर बालेका छन्। तापमान ४० डिग्री नाघेको अवस्थामा सुरु भएको आन्दोलनमा सुरुको दुई दिन गर्मीका कारण आन्दोलन समर्थकहरू वीरगन्जमा थोरै मात्र देखिए पनि बुधबार राति पानी परेर मौसम सितल भएसंगै आन्दोलनकारीको संख्या बढेको छ। कार्यकर्ता बाहेकका सर्वसधारणको सहभागिता भने आन्दोलनमा अझै भइसकेको छैन।

घण्टाघर चोकमा बिहानदेखि भेला भएका आन्दोलन समर्थकहरूले टायर बाले, नाराबाजी गरे र सवारी साधन चल्नमा अवरोध गरे। कक्षा १२ को परिक्षा सुरु भएकाले उनीहरूले दिउँसो १२ बजेसम्म साना सवारीहरू चल्न दिएको बताए। 'विद्यार्थी भाइबहिनीहरूको परीक्षा छ ११ बजेसम्म त्यसको एक घण्टापछिसम्म हामीले साना यातायात चल्न दिएका छौं,' राजपा नेता शशिकपुर मियाले भने, 'त्यसपछि कडाइ गर्ने हो।'

पैसा लिएर मोटरसाइकलमा यात्रुलाई ओसार्ने काम गरेकामाथि आन्दोलनकारीले कडाइ गरेका छन्। आन्दोलनकारीले बिहान ८ बज्नु अघि २ जनालाई समातेर घण्टाघर चोकमा सार्वजिक रुपमा कुटपिट गर्दै, मोटरसाइकल फुटालेर र माफी माग्न लागएर छोडेका थिए।

देशमा हुने हरेक चुनावमा उत्साहपूर्वक भाग लिन चाहेको मधेसी जनतालाई थिचोमिचो पारेर सरकारले र प्रमुख भनिएका दलले आन्दोलनमा होमिन बाध्य पारेको मियाँले बताए। 'अधिकारको लडाइँ हो, पुरा नभएसम्म चलिरहन्छ,' मियाँले भने, 'यसभन्दा अगाडि मारिएका जनता थिए, अहिले आन्दोलनमा आएका पनि जनता नै हुन्।' दिनभर विद्यालय, वित्तीय संस्था, बजार र उद्योगहरू बन्द रहे। यातायातका सवारी साधन नचल्दा सर्वसधारण मारमा परेका छन्।

प्रकाशित: २ असार २०७४ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App