coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फरार अभियुक्त १२ वर्षपछि पक्राउ

राजविराज– आफ्नै छिमेकीलाई हत्या गरी १२ वर्षदेखि फरार भएका एक अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेकोे छ।

पक्राउ पर्नेमा सप्तरीको गोबरगाढा–२ घर भई हाल हनुमाननगर योगिनी माई नगरपालिका–६ बस्ने शिवचन्द्र भनिने दुःखी मण्डल रहेको प्रहरीले जनाएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले घरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

मण्डलले स्थानीय छिमेकी कुशेश्वर यादवलाई २०६० साउन १३ गते घरदेखि पर लगेर कञ्चटमा थ्रिनट थ्री बन्दुकले प्रहार गरी हत्या गरेका थिए ।

सो हत्यापछि फरार अभियुक्तलाई १२ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ढकालले बताए।

यसैबीच, सप्तरीको राजविराजमा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल चोरी भएको छ ।

राजविराजस्थित माइक्रो बस स्टेसनदेखि दक्षिण साइडको सडकमा राखिएको स ४ प २३६६ नम्बरको कालो रङ्गको सुपर स्पेलेन्डर र स २ प ८४१३ नम्बरको यमहा मोटरसाइकल चोरी भएको पीडितले बताएका छन् ।

कसले किन चोरी गरेको भने खुल्न नसकेको र चोरी भएको मोटरसाइकललाई तीव्ररुपमा खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

 

प्रकाशित: ५ श्रावण २०७३ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App