७ वैशाख २०८१ शुक्रबार
समाज

'फस्टाएको उद्योग भनसुन'

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सबैभन्दा फस्टाएको उद्योग भनसुन भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित लोकसेवा आयोगको ६७औं वार्षिकोत्सवमा अवसरमा देउवाले आफूलाई पनि भनसुन गर्न आउने धेरै हुने गरेको बताए।

देउवाल कुनै पार्टी वा व्यक्तिको प्रभावमा नपरी योग्य नेपाली छोराछोरीलाई मौका दिएको भन्दै े लोकसेवा आयोगकोे प्रशंसा गरे। 'हाम्रो देशमा सबैभन्दा फस्टाएको उद्योग भनेको भनसुन हो। तर, लोकसेवामा यस्तो चल्दैन', उनले थपे, 'विश्वसनीयता अझै कायम रहोस्।'

कार्यक्रमको कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। उद्घाटनपछि पुनले दुर्गमका नागरिकले समेत लोकसेवामा सहज पहुँच राख्न सकेमा आयोगप्रतिको जनविश्वास बढ्ने बताए। 'जनताका गुनासा कम गर्न प्रशासन संयन्त्रले कामबाट जवाफ दिनुपर्छ', उपराष्ट्रपति पुनले भने, 'संवैधानिक निकायका बारेमा निकै गुनासो आउने गर्छ। तर, लोकसेवाको गुनासो सुन्नुपरेको छैन।'

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सार्वजनिक वा सरकारी सेवा सुस्त र अक्षमका लागि नभएको बताए। 'राज्यको सेवा योग्यले मात्र गर्न पाउनुपर्छ', उनले थपे, 'मोटरबाटो नपुगेका डोल्पा, हुम्लादेखि बढी आवेदक हुने लाहान र वीरगन्जमा समेत परीक्षा केन्द्र राखिएका छन्।'

उनले आयोगको काम व्यवस्थित गर्न डेढ वर्षअघि तयार पारी मन्त्रिपरिषद्मा पठाएको विधेयक संसद्मा प्रस्तुत नहुँदा काममा बाधा परेको बताए। उनले भने, 'सात महिनाअघि संसद् सचिवालयमा पठाइएको विधेयक अहिलेसम्म प्रस्तुत भएको छैन। यसले काममा निकै बाधा परेको छ।'

वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री देउवाले 'स्वीकृत संगठित संस्थाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुन, बढुवा र विभागीय कारबाहीसम्बन्धी सामान्य सिद्धान्त' सार्वजनिक गरे।

आयोगका कामलाई प्रविधिमार्फत मोबाइलमा ल्याएको छ। लोकसेवा नेपाल भन्ने मोबाइल एप्लिकेसन उपराष्ट्रपति पुनले सार्वजनिक गरेका थिए।

प्रकाशित: २ असार २०७४ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App