७ वैशाख २०८१ शुक्रबार
समाज

घाँटी रेटेर बालिकाकाे हत्या

सुरुङ्गा (झापा)– झापाको बुधबारेमा घाँटी रेटेर एक बालिकाको हत्या भएको छ। झापाको शान्तिनगर–१ घर भएकी ११ वर्र्षीया तनुजा कोइरालाको आफ्नै मावली घरमा गएराति हत्या भएको प्रहरी चौकी बुधबारेले जनाएको छ।

पाँच दिनअघि बुधबारे–५ निवासी इन्द्र चोकका डिल्लीराम प्रसाईंको घरमा मावली आएकी बालिकाको ढोकामै हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

बालिकाको बलात्कारपछि हत्या भएको अनुमान प्रहरीले गरे पनि उक्त कुराको पुष्टि भने गरेको छैन। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

 

प्रकाशित: ५ श्रावण २०७३ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App