coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालगञ्जमा काँग्रेसले स्थापना गर्‍यो क्षेत्रीय मिडिया डेस्क

काँग्रेस नेता रमेश लेखक। तस्विरः अर्जुन ओली

नेपालगञ्ज—नेपाली कांगे्रसको क्षेत्रीय मिडिया डेस्क नेपालगन्जमा स्थापना गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह निर्वाचन प्रचार उप–समिति संयोजक रमेश लेखकले मिडिया डेस्कको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे।

निर्वाचनमा मिडियाले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेसले केन्द्र र क्षेत्रीय स्तरमा मिडिया डेस्क स्थापना गरेको प्रष्ट्याए।

सो अवसरमा बोल्दै उनले कांग्रेसमाथि अपार विश्वास र साथ रहेकाले स्थानीय तह निर्वाचनमा जित सुनिश्चित भएको दाबी गरे।

निर्वाचनमा मिडियाले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेसले केन्द्र र क्षेत्रीय स्तरमा मिडिया डेस्क स्थापना गरेको प्रष्ट्याए।

उनले कांग्रेस बिना कुनैपनि राजनीतिक, सामाजिक र साँस्कृतिक परिवर्तन असम्भव भएकाले आमजनताले बुझेको हुँदा निर्वाचनमा कांग्रेसले जित्ने उद्घोष गरे।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईराला, नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडिया, उपमेयर उम्मेदवार उमा थापामगर, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी लगायतले बोलेका थिए।

 

प्रकाशित: १ असार २०७४ १४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App