coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करेन्ट लागेर दुईको मृत्यु

सुर्खेत—करेन्ट लागेर वीरेन्द्रनगरमा बुधबार राति दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर–३ पतेनीरोडस्थित फायर फिस कटेजका काम गर्ने दुई जनाको बुधबार बेलुका छ बजेतिर कटेज लागेर मृत्यु भएको हो।

कटेजसँगै रहेको फलामे पुलमा विद्युत चुहावट हुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कालिका गाउँपालिका–५ कालिकोटका २६ वर्षीय भिम शाही र रामेछापका २५ वर्षीय पासाङ लामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले जानकारी दिए।

विद्युत सर्ट हुँदा करेन्ट लागेर घाइते भएका दुबै जनाको उपचारका लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ लानेक्रममा बाटोमै मृत्यु भएको एसपी आचार्यले बताए। ‘करेन्ट लागेर घाइते भएका दुबै जनालाई क्षेत्रीय अस्पताल नपु¥याउँदै बाटोमै मृत्यु भयो’ उनले भने, ‘घटनाको वृस्तृत अध्ययन गरिरहेका छौं ।’ मृतक मध्ये शाही वेटर र लामा कुकको काम गर्थे।

भेरीमा बेपत्ता
यस्तै, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का लोकबहादुर मन्दिर भेरी नदी तर्ने बेला वेपत्ता भएका छन् । चेपाङबाट तातापानी जाने क्रममा पौडिएर नदी तर्ने क्रममा ६० वर्षीय मन्दिर बुधबार साँझ वेपत्ता भएका हुन् ।

प्रकाशित: १ असार २०७४ १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App