७ वैशाख २०८१ शुक्रबार
राजनीति

२ नं. प्रदेशमा चुनाब स्थगन मुलुक विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध : एमाले

काठमाडौं— काँग्रेस–माओवादी सत्ता गठबन्धनद्वारा भएको प्रदेश नं. २ चुनाब स्थगित गर्ने निर्णयप्रति प्रमुख विपक्षी एमालेले कडा आपत्ति जनाएको छ। दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्दा मुलुकको राष्ट्रिय एकतालाई कमजोर हुने भन्दै एमालेले उक्त निर्णयले विखण्डनकारी तत्वहरुको मनोबल बढाएको ठहर गरेको छ।

एमाले सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको छ। कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ।’

‘प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहा“का जनताको आफ्ना प्रतिनिधि आफै“ छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्‍याएको छ’, एमाले सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको छ। कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ।’

सुरुमा एकै चरणमा ३१ वैशाखका लागि निर्धारित निर्वाचनमध्ये चार वटा प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै हाम्रो पार्टीले शंकाका दृष्टिले हेर्दै आएको स्मरण गर्दै एमालेले भनेको छ, ‘पछि असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ।’

सत्ता गठबन्धनको कदमले संविधान र लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा आघात पु¥याउने  भन्दै उक्त कदमविरुद्ध सचेत रह“दै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरु अघि बढाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ। एमालेले प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न पार्टीका मातहत कमिटी तथा नेता–कार्यकर्ताहरुलाई आह्वान गरेको छ।

प्रकाशित: १ असार २०७४ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App