६ वैशाख २०८१ बिहीबार
अर्थ

मूर्तिबाट मासिक एक लाख कमाइ

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० का दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन्। 

ग्राहकको माग अनुसारका धार्मिक मूर्ति निर्माण गरी विकले स्थानीय झलारी बजारमा सञ्चालनु गर्नुभएको पसलबाट बिक्री गर्दै आएका छन् । उनले ठूला मूर्ति ग्राहकको मागअनुसार मन्दिरमै गएर समेत निर्माण गर्ने गर्छन्। 

“एउटा मूर्ति निर्माण गरेर रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक लिने गरेको छु,” उनले भने। शिव, पार्वती, नन्दी, गणेश, श्रीकृष्ण, राम, सीता र मुसाको मूर्ति निर्माणका लागि कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुलालगायत जिल्लाबाट माग आउने गरेको विकको भनाइ छ। 

“बुबाको प्रेरणाबाट मूर्ति बनाउने कला सिकेको हुँ,” उनले भने। मूर्ति निर्माणकै कमाइले झलारी बजारमा रु १० लाखको जग्गा खरिद गरेको विकले बताए। दसैँ, तिहार र नयाँवर्षका अवसरमा मूर्ति निर्माणका लागि बढीजसो माग हुने गरेको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट विस्थापनमा पर्नुभएका विक अहिले मूर्ति बनाएरै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । रासस

प्रकाशित: १ असार २०७४ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App