coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपा चुनाबमा जाने/नजाने अनिश्चित, सरकारसँग छैन लिखित सम्झौता

सत्तारुढ दलका नेताहरु राजपा नेतासँगको बैठकमा। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—सरकारले राजपाको माग देखाएर दुई नम्बर प्रदेशमा चुनाब सार्ने निर्णय गरे पनि असार १४ मा हुने १, ५ र ७ नम्बर प्रदेशमा सो पार्टी सहभागी हुने/नहुने निश्चित छैन। राजपा नेताहरु यसबारेमा स्पष्ट भइ नसकेको बताउँछन्।

‘सरकारले हामीसँग भएको कुराकानीका आधारमा वातावरण बनाउनुपर्छ। सहभागिताबारे हामी कुराकानी गर्दैछौँ’, उनले भने। निर्वाचनमा सहभागिताको विषयमा पार्टीका अन्य नेताहरुसँग छलफलपछि मात्र भन्न सकिने उनको भनाइ थियो।

सत्ता पक्षसँग बैठकमा सहभागी राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले निर्वाचनको सहभागिताबारे निर्णय गरिनसकेको जनाए।

‘सरकारले हामीसँग भएको कुराकानीका आधारमा वातावरण बनाउनुपर्छ। सहभागिताबारे हामी कुराकानी गर्दैछौँ’, उनले भने। निर्वाचनमा सहभागिताको विषयमा पार्टीका अन्य नेताहरुसँग छलफलपछि मात्र भन्न सकिने उनको भनाइ थियो। दुई नम्बर प्रदेशमा निर्वाचन स्थगित भइसकेको अवस्थामा राजपाको माग के हो भन्ने पनि उनले खुलाएनन्।

राजेन्द्र महतोसहितका केही नेताहरु अान्दोलनका लागि तराईमा छन्। उनीहरुसँग छलफलपछि मात्रै आधिकारिक धारणा आउने नेता भण्डारीले बताए।

बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा सहभागी राजपा नेताहरुले पनि निर्वाचनमा सहभागिताबारे प्रस्ट धाराणा नराखेको एक सहभागी नेताले बताए।

सत्ता पक्षले भने राजपासँग समझदारी भएको भन्दै २ नम्बर प्रदेशको निर्वाचन स्थगितको निर्णय गरेको थियो। 'चुनाबमा राजपा नछुटोस् भनेर नै हामीले निर्वाचन आयोगसँग १४ असारका लागि उम्मेदवारी दर्ता मिति केही दिन सार्न भनेका छौं। उहाँहरु आउनु हुन्छ भन्ने आशा छ', उनले भने, 'लिखित सहमति भएको छैन।'

निर्वाचनमा जान संविधान संशोधनको पूर्वसर्त राख्दै आएको राजपाले प्रदेश नं. २  र ५ को निर्वाचन स्थगित गर्न माग गर्दै आएको थियो। तराईका शक्तिशाली अन्य दलहरु निर्वाचनका लागि तयार छन्। उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम तथा विजय गच्छदारको फोरम लोकतान्त्रिक चुनाबी अभियानमा गइसकेको अवस्थामा दुई नम्बर प्रदेशमा निर्वाचन सार्ने निर्णय भएको हो।

प्रकाशित: १ असार २०७४ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App