coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सडकपेटीमा तरकारी बेच्छन् ९८.६ प्रतिशत ल्याएका विद्यार्थी

नयाँ दिल्ली – भनिन्छ काम ठूलो र सानो हुदैन । यसको उदाहरण बनेका छन् भारतका १७ वर्षीय युवक देवेन्द्र कुमार । उनले भारतको रायपुरमा रहेको छतीसगढ माध्यामिक विद्यालयबाट ९८.६ प्रतिशत ल्याएर कक्षा १२ उतीर्ण गरेका छन्। 

आर्थिक स्तर कमजोर भएकोले उच्च शिक्षा पहुँच नभएपछि र सरकारी स्तरबाट समेत कुनै पनि सहयोग नपाएपछि उनी  जीवन गुजाराका लागि सडकको पेटीमा तरकारी बेच्न थालेका छन् । 

उनले परीक्षामा सामेल भएका ३ लाख ९५ हजार परीक्षार्थीहरूलाई पछाडि पार्दै ९८.६ प्रतिशत ल्याउन सफल भएका थिए । उनको परीक्षाफल गत अप्रिल महिनामा प्रकाशन भएको थियो । 

परिवारले वार्षिक औसत रूपमा तिर्नुपर्ने १ लाख ३ हजार रूपैया तिर्न असमर्थ भएपछि उनको पढाई रोकिएको थियो । उच्च शिक्षाका लागि  बलोड जिल्ला प्रशासनले आर्थिक सहयोग उपलब्ध गराउने आश देखाएपनि यथार्थमा पूरा नगरेको भन्दै आक्रोश व्यक्त गर्छन् उनी । 

उनले अध्ययनशील तथा मेहनती विद्यार्थीहरूका लागि सरकारी तवरबाट सहयोग नपाएकोमा दुख व्यक्त गरे। 
उनकी आमाले गरिबीका कारण छोराको पढ्ने रहर पूरा गर्न नसकेकोमा दुख व्यक्त गरिन्। 

जिल्ला शिक्षा अधिकारीले राज्यको तर्फबाट गरिब तथा जेहन्दार विद्यार्थीलाई सहयोग गर्न नसक्नु  तीतो सत्य भएको बताए ।  साथै गरिब तथा जेहन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था सरकारले गर्नुपर्ने धारणा उनले राखे। 

प्रकाशित: १ असार २०७४ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App