८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

गोली लागेका अमेरिकी सांसद्को निधन

वासिङटन –  अमेरिकाको रिपब्लिकन पाटीका सांसद ह्प्पि स्टिभ स्टालिस्को निधन भएको छ । बुधबार एक खेल मैदानमा खेल हेरिरहेको समयमा उनी लगायत उनका सहयोगीहरू माथि गोली प्रहार गरिएको थियो। 

खेल हेर्नका लागि उनी लगायत अन्य पार्टीका सांसदहरू समेतको सहभागिता रहेको थियो । गोली प्रहार पश्चात् घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् । खेल मैदानमा खेल हेरिरहेका अन्य पार्टीका सांसदहरू भने गोली छल्न सफल भएका थिए । 

उनको तिघ्रामा गोली लागेको र ठूलो प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरूले बताए । उनी सँगै गोली लागेका उनका सहयोगी भने खतरामुक्त रहेको सञ्चार माध्यमहरूले जनाएको छ । 

प्रकाशित: १ असार २०७४ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App